काठमाडौं– दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ।
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा आगामी संस्करण कर्णालीमा गर्ने निर्णय गरिएको हो।
बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले दशौंको मिति र स्थान तय गर्दै कर्णालीलाई रोजेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।