पोखरा – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४ सय मिटर रिले दौडमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले स्वर्ण पदक जितेको छ।
एपीएफका नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्।
त्यस्तै, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीले ४२.६० सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जितेका छन्।
त्यसैगरी, लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारू र तुल्सीराम थारूले ४४.३८ सेकेण्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।