पोखरा – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला ४ गुणा १०० मिटर रिले दौडमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितको छ।
आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण जितेको हो। आर्मीका लागि रमिता गुरुङ, सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापाले ४९.६० सेकेण्डमा दूरी पूरा गरे।
गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मियाँ र निशा घर्तीले ५२.७५ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जिते।
बागमतीका लागि रजिता दुलाल, स्वगता खाइजू, प्रकृति सुवाल र लुजना आमात्यले ५२.७६ ले दूरी पूरा गर्दै कास्य पदक जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।