• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १७, २०८३ Thu, Apr 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
राजनीतिमा नीति बहस–८

आसन्न निर्वाचनका लागि दलहरूले बनाउने घोषणापत्रमा कस्तो हुनुपर्छ आर्थिक अजेन्डा? 

64x64
सुमित्रा कार्की बुधबार, कात्तिक २, २०७९  १८:३२
1140x725

काठमाडौं– अहिले सबैजसाे दलहरू आगामी निर्वाचनका लागि घोषणापत्र तयार गर्न सक्रिय छन्। आफ्ना घोषणापत्रमा उनीहरूले बनाउन खोजेको ‘नेपाल’ झल्किनुपर्छ। त्यही घोषणापत्र हेरेर मतदाताले मतदान गर्ने मात्रै होइन,  जितेपछि उनीहरूलाई उत्तरदायी बनाउने यो पहिलो प्रमाण पनि हो। 

त्यसैले, दलहरूले आफ्नो घोषणापत्रमा समेटिनुपर्ने विषयका लागि सार्वजनिक अपिल समेत गरेका छन्।  दलहरूले आफ्ना घोषणापत्रमा कस्ता विषय राख्नुपर्छ भन्ने विषयलाई केन्द्रमा राखेर नेपाललाइभले विशेष शृंखला सुरु गरेको छ। यस शृंखलामा  अर्थतन्त्र र आर्थिक क्षेत्रसँग सम्बन्धित विज्ञका रायलाई समेटेर यस क्षेत्रका उठाउनुपर्ने विषय केलाउने प्रयास गरिएको छ।

अहिलेसम्म नेपालका राजनीतिक दलहरूले लोकप्रियतालाई आधार मानेर आर्थिक अजेन्डा ल्याउने गरेको अर्थशास्त्री केशव आचार्य बताउँछन्। ‘उनीहरूमा लोकप्रियतावाद हावी भएको छ। दलहरूले अहिलेसम्म पूर्णकालीन योजना ल्याएर काम गरेको पाइन्न। तत्कालका लागि राम्रा देखिने तर, दीर्घकालीन नहुने योजना ल्याएर जनाताको आँखामा छारो हाल्ने काम  राजनीतिक दलहरूले गरेका छन्,’ उनी भन्छन्, ‘त्यसकारण अबको निर्वाचनमा राजनीतिक दलहरूले यस्ता खालका घोषणापत्र बनाउन हुन्न। अहिलेसम्म दलहरूले ल्याएका घोषणापत्रमा अर्थतन्त्रका आधारभूत सिद्धान्तको विषयमा पनि असपष्टता देखिन्छ।’ 

दलहरू सबै समाजवाद/समाजवाद भनेर लाग्ने तर समाजवाद के हो यसलाई कसरी ल्याउने भन्ने विषयमा दलहरू अन्यौलमा रहने गरेको आचार्य बताउँछन्। ‘सत्तामा भएको बेला आफ्नो पार्टी र आफ्नालाई राम्रो हुने खालको काम गर्ने अनि सत्ताबाहिर रहँदा भाषणमा चाहिँ समाजवादको कुरा गर्ने गर्छन्। यसकारण राजनीतिकदलले यो सबै कुरालाई पृष्टभूमिमा राखेर घोषणापत्र बनाउनुपर्ने हुन्छ’ उनी भन्छन्। 

चुनावको बेला घोषणापत्रमा ठूल-ठूला योजना राख्ने र जितेर सरकारमा गएपछि नातागोतालाई नियुक्त गर्ने प्रबृत्तिको अन्त्य हुने खालका अजेन्डा आउनुपर्ने अर्थशास्त्री आचार्यको बुझाइ छ। 

‘धारामा पानी, घर–घरमा बिलुजी, सुशासनसहितको व्यवस्था, सर्वसाधारणले दैनिक प्रयोगमा ल्याउने सामान सर्वसुलभ र देशमा उत्पादन गर्ने व्यक्तिलाई प्रोत्साहन लगायतका पाँच विषयमा सुधार गर्न सक्यो भने नेपालको आर्थिक क्षेत्र सुधारोन्मुख अवस्थातिर जान्छ। आगामी निर्वाचनमा राजनीतिक दलले यस्ता विषयलाई समेट्न अति आवश्यक देखिन्छ,’ उनी थप्छन्।

विज्ञका नजरमा यस्ता हुनुपर्छ अजेन्डा :

समष्टिगत आर्थिक स्थायित्व

nimb
nimb
Ncell 2
Ncell 2

आगामी निर्वाचनमा राजनीतिक दलहरूले समष्टिगत आर्थिक स्थायित्वलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने विज्ञहरूको बुझाइ छ। अहिले अर्थतन्त्रमा देखिएको समस्या, बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य रकम अभावको अवस्था लगायतका आर्थिक समस्यालाई दोहोर्याएर आउन नदिन राजनीतिक दलको ठूलो भूमिका रहने नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन्। यसैगरी, अहिले देशमा देखिएको मुख्य आर्थिक समस्या व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिती, सोधनान्तर घाटा लगायतका कुरालाई सुधार गर्ने खालको आर्थिक अजेन्डा अबको राजनीतिक दलको घोषणापत्रमा समेट्न नसकेमा देश आर्थिक दुर्घटनातिर जाने उनको बुझाइ छ।

अर्का अर्थशास्त्री रामेश्वर खनालले समष्टिगत आर्थिक स्थायित्व, देशको आर्थिक विकास र आर्थिक स्थायित्व बचाउनका लागि महत्वपूर्ण विषय भएको बताउँछन् ।  

‘समष्टिगत आर्थिक स्थायित्व देशको आर्थिक विकास र आर्थिक स्थायित्व बचाउनका लागि महत्वपूर्ण कुरा हो। यसका लागि हामीले श्रीलंकामा भएको घटनाबाट पनि केही पाठ सिक्न सक्छौं,’ उनी भन्छन्, ‘श्रीलंकाको घटनाबाट हामीले देशमा आर्थिक स्थायित्व नहुँदा देश दुर्गतितर्फ जान रोक्न सकिन्छ भन्ने कुरा सिक्न सक्छौं। हामीले  भोलि हाम्रो देश यही अवस्थामा नजाओस् भनेर पटक–पटक देशलाई श्रीलंकाको जस्तो अवस्था आउनबाट बचाऔँ पनि भनिरहेका छौं।’ 

समष्टिगत आर्थिक स्थायित्व कायम गर्न जथाभावी खर्च हुनबाट रोक्नुपर्ने खनालको बुझाइ छ। उनले यस्तो स्थायित्व कायम गर्न सरकारले विदेशबाट जथाभावी रुपमा ऋण लिने काम पनि कम गर्दै जानुपर्ने बेला आएको बताए। 

‘अहिले देशको भुक्तानी सन्तुलन बिग्रिएको छ। भुक्तानी सन्तुलनमा चाप पर्नबाट रोक्न बजेटको कटौती गर्न पर्ने रहेछ भन्ने अहिलेका सबै दलका नेतालाई राम्रोसँग थाहा छ। यसकारण अब दलका आर्थिक एजेण्डामा भुक्तानी सन्तुलन पनि हुनुपर्छ । यही अनुसारको घोषाणापत्र बनाउनु पर्छ।’

लगानीलाई प्रोत्साहन

राजनीतिक दलहरूले हरेक चुनावमा होस् वा बजेटमा नै किन नहोस्। लगानीमैत्री वातावरण निर्माण हुने खालका योजना ल्याउने गरेको भएता पनि यसको कार्यान्वयनको पाटो फितलो भएको अर्थशास्त्री आचार्य बताउँछन्। 
‘लगानीका लागि भनेर सरकारले वर्षेनी कैयौं ठूला योजनाको नाम बजेटमा सार्वजनिक गरेको हुन्छ। घोषणापत्र नै हेर्ने हो भने पनि चुनाव लड्ने हरेक ठाउँका मतदातालाई दलहरूले यो योजना पूरा गर्छु भनेर आश्वासन दिएका हुन्छन्। तर, यसलाई कार्यान्वयनमा ल्याउन सकिरहेका छैनन्। यसकारण दलहरूले अबको आर्थिक एजेण्डामा लगानीलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरणको निमार्ण गर्नुपर्ने आवश्यकता छ’ आाचार्य भन्छन्। 

अर्थशास्त्री खनाल उदाहरण दिँदै भन्छन्,  ‘हाम्रो अर्थतन्त्रमा आर्थिक बृद्धि र रोजगारी सिर्जना किन हुन सकिरहेको छैन भने हामीले लगानीलाई प्रोत्साहन गर्न सकेका छैनौं। भाषणमा लगानीलाई प्रोत्साहन गर्ने भन्ने विदेशमा रहेका नेपाली लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउने भन्छौं। तर, यहाँ आएर लगानी गर्न विदेशमा रहेका नेपाली वा विदेशी लगानीकर्ता कसैलाई पनि लगानी गर्न सहज वातावरण छैन।’ 

दल तथा सरकारले विदेशी लगानीकर्तालाई भित्र्याउने भनेर स्वागत गर्ने गरेकाे भएता पनि नेपालमा लगानी गर्ने वातावरण सहज नभएको उनी बताउँछन्। 

नेपालमा कुनै क्षेत्रमा लगानी गर्नुपर्यो भने त्यसको प्रक्रिया एकदमै झन्झटिलो रहेको अर्थशास्त्री आचार्यको भनाइ छ ।

‘यहाँ आएर लगानी गर्ने नेपाली लगानीकर्ता होस् वा विदेशी लगानीकर्ता, लगानी गर्न खोज्दा कम्पनी दर्ता गर्नेदेखि लिएर जग्गा अतिक्रमण गर्ने, रुख फर्णानी गर्नेजस्ता विषयमा स्वीकृति पाउन धेरै गाह्रो छ,’ उनी थप्छन् ।

यसको प्रक्रिया धेरै वर्षसम्म लाग्ने हुँदा नेपालमा लगानी गर्न विदेशीले नचाहेको उनी बताउँछन्।  उनी भन्छन्, ‘यस्तै धेरै कुराले गर्दा  लगानीमैत्री बन्न अप्ठ्यारो छ। लगानीलाई सहजीकरण र प्रोत्साहन गर्न आवश्यक पर्ने प्रशासकीय सुशासन पनि ज्यादै कमजोर रहेको छ। त्यो भएर नेपालमा लगानीमैत्री शासन व्यवस्थाको विकास गर्न आवश्यक पर्ने खालका विषय घोषणापत्रमा समावेश हुन आवश्यक देखिन्छ।’ 

आन्तरिक आपूर्ति प्रणालीमा सुधार 

कुनै पनि देशको विकासको पहिलो प्राथमिकता भनेको त्यहाँ भएका उत्पादनलाई देशमै त्यहाँकै उद्योगसम्म पुर्याएर उत्पादन बढाउनु हो। यसलाई सहज गर्न आन्तरिक आपूर्ति प्रणालीमा सुधार गर्नुपर्ने खनाल बताउँछन्। 

‘उदाहरणका लागि एउटा तेल उद्योेगले तेल उत्पादन गर्न अहिले कच्चा पदार्थ किन्न पर्यो भने अर्जेन्टिना र युक्रेनबाट किन्न जति सजिलो छ, नेपालमा भएको उत्पादन त्यो उद्योगसम्म आउन एकदमै गाह्रो अवस्था छ। तोरी विदेशबाट मगाएमा केही दिनमा नेपाल आइपुग्छ। तर, नेपालमा भएको उत्पादन उद्योेगसम्म पुग्न महिनौं लाग्छ,’ उनी भन्छन्।  

मकैको कुरा गर्यो भने पनि अवस्था त्यस्तै छ। नेपालमा भएको उत्पादन भन्दा पनि विदेशबाट आयात भएको बस्तु चाँडो उपभोक्तासम्म पुग्ने र बाहिरबाट आएको बस्तुको लागत पनि कम हुनेगरेको उनी बताउँछन्। यसलाई नियन्त्रण गर्न राजनीतिक दलहरूले आन्तरिक आपूर्ति प्रणालीमा सुधार गर्नुपर्ने बेला आएको उनको बुझाइ छ। 
यसैगरी, नेपालमा किसानले साना–साना परिमाणमा बस्तु उत्पादन गर्छन्। अर्थशास्त्री खनालको बुझाइमा त्यसको संग्रह र सहजीकरण गर्ने, उत्पादन भएको बस्तुलाई ग्रेडिङ गर्ने र त्यसलाई गएर ठूलो मात्रामा आफूर्ति गर्ने प्रणाली कमजोर छन्। यसो हुँदा नेपालमै भएका उद्योग पनि नेपाली कच्चा पदार्थभन्दा बाहिरका कच्चा पदार्थको भर पर्नुपर्ने अवस्था रहेको खनालको दाबी छ। 

उनी भन्छन्, ‘जबकि यसको उत्पादन गर्ने सामथ्र्य हामी आफँै छौं। तर, साना किसानले उत्पादन गरेका बस्तु बजारमा आइपुग्दैन। बरु बोट वा बारीमै कुहिन्छ । यस्तो प्रणालीको अन्त्य हुने खालका घोषणापत्र अब राजनीतिक दलले बनाउन आवश्यक छ। यस्ता घोषणापत्र बनाउन सकेनन् भने देशको आर्थिक विकासको बाटो नकारात्मक दिशातिर जाने निश्चित छ।’

कुशल पूर्वाधार निर्माण  

नेपालमा भएका अहिलेका सडक पूर्वाधारहरू एकदमै खर्चिला छन्। यसलाई सुधार गर्न कुशल पूर्वाधारको निर्माण गर्नुपर्ने बेला आएको अर्थशास्त्री खनाल बताउँछन्। 

‘अहिले नेपालमा सबैभन्दा धेरै सामान बाहिरबाट आउने भन्सारको केन्द्रविन्दु वीगञ्ज हो। त्यहाँ आइपुगेका बस्तुहरू काठमाडौंसम्म आइपुग्न कम्तीमा पनि एक–दुई दिन त लाग्छ। दू्रतमार्गको माध्यम अपनाएर ल्याउने हो भने यही ठाउँबाट त्यो बस्तु आउन एकदेखि दुई घण्टाको समयमात्र लाग्छ,’ उनी भन्छन्, ‘यसरी कुशल पूर्वाधार नहुँदा जनताले महँगीदेखि समयमा आफूले भनेका बस्तु पाउनबाट समेत बञ्चित भइरहेका छन्। यसकारण अबका दलका नेताहरूले यसलाई महत्वका साथ घोषणापत्रमा समावेश गरेर कार्यान्वयनमा ल्याउन जरुरी छ।’

सडकमात्र नभएर अहिले नेपालमा भएका हरेक पूर्वाधारहरू कुशल नभएको अर्थशास्त्री  आचार्यको बुझाइ छ। अहिले खानेपानी, विद्युत लगायतका पूर्वाधारमा पनि सुधार गर्न आवश्यक भएको उनले बताए । 

‘मेलम्चीको खानेपानीको उदाहरण दिने हो भने सरकारको वर्षौ–वर्षदेखिको यो योजना अहिले पनि पूर्णकालीन रुपमा सञ्चालनमा आएको छैन। गत वर्ष एक महिना सञ्चालनमा आयो त्यसपछि अब कहिले आउँछ निश्चित छैन,’ उनी भन्छन्, ‘यस्तै, कत्ति ठाउँका पुलहरू समयमा नबन्दा जनताले सास्ती खेपिरहेका छन्। यस्ता कुरामा सुधार गर्ने अजेन्डा ल्याएर कार्यान्वयनको पाटो सबल बनाउन एकदमै आवश्यक छ।’
 

कृषिलाई व्यावसायीकरण गर्ने खालको घोषणापत्र 

अहिले नेपालमा उत्पादन भएको कृषिजन्य बस्तुको व्यावसायीकरण नभएको खनाल बताउँछन्। 

‘किसानले आफ्नो इच्छाले आफ्नो आवश्यकता र आफ्नो प्रयोगका लागि खेती गर्छन्। त्यो खेती गर्ते किसानलाई पर्याप्त रुपमा त्यसको ज्ञान हुँदैन। कुन खालको खेतीको उत्पादन बढी हुन्छ, त्यो ज्ञान पनि किसानलाई छैन,’ उनी भन्छन्, ‘त्यसको अनुसन्धान पनि भएको हुँदैन। यसकारण किसानलाई आफ्नो आवश्यकताको बस्तुमात्र उत्पादन गर्नतर्फ नभएर व्यावसायीक खेती वा व्यवसायीक कृषितर्फ जोड्नु पर्ने बेला आएको छ।’

किसानलाई व्यावसायिक बनाउन विभिन्न उत्पादनजन्य बस्तुदेखि लिएर माटोको बारेमा शिक्षा दिन सरकार पछि परेको खानालको बुझाइ छ। किसानलाई उत्पादन गरेर व्यावसायिक पनि बन्न सकिन्छ भन्ने ज्ञान सरकारले पुर्याउन नसकेको उनी बताउँछन्। सरकारले स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने भनेर हरेक वर्ष बजेटमा अनुदानदेखि लिएर सौलियतसम्म दिएको छ। तर, यसको सही उपयोग नहुँदा कृषिमा व्यावसायीकरण हुन नसकेको उनी बताउँछन्। 

‘कृषिमा कसरी व्यावसायिक बन्न सकिन्छ, त्यसको बारेमा जानकारी दिने लगायतका विषयमा किसानलाई तालिम दिएर यो क्षेत्रलाई व्यावसायिक बनाउन आवश्यक छ । एउटा पूरै गाउँ एउटैमात्र उत्पादनमा लाग्यो भने त्यसले देश भरको आवश्यकता अनुसारका बस्तुको उत्पादन गर्न सक्ने र उसले आफ्नो आवश्यकताको बस्तु अन्य ठाउँबाट खरिद गर्न सक्ने उनी बताउँछन्। 

यसरी कृषिलाई व्यावसायिक बनाउँदा कृषकले पनि आफ्नो लागत अनुसारको पैसा पाउने र अन्तराष्ट्रिय बजारबाट नेपालमा गरिने कृषिजन्य बस्तुको आयातलाई पनि विस्थापन गर्न सकिने उनको बुझाइ छ। 

‘अब आउने चुनावमा राजनीतिक दलले  छुटाउँनै नहुने एउटा एजेण्डा यसलाई बनाउनु पर्छ,’ उनी थप्छन्।

कृषिमा देखिएको मूल्य शृंखलालाई नियन्त्रण गर्ने 

किसानले उत्पादन गरेका बस्तु उपभोक्तासम्म पुग्दा धेरै नाफा चाहिँ बिचौलियाले खाने गरेको र त्यसको अन्त्य हुनुपर्ने अर्थशास्त्री खनाल बताउँछन्।

‘धादिङमा कसैले मूलाको उत्पादन गरेको छ भने त्यहाँ उत्पादन गर्ने किसानले त्यसको मूल्य दुई रुपैयाँसम्ममा बेचेको हुन्छ। त्यो मूला हामीले बजारमा गएर किन्नपर्दा २५ रुपैयाँसम्म खर्च गर्नु पर्छ। यसलाई हामीले मूल्य शृंखला भन्छौं,’ उनी भन्छन्, ‘किसानको शेयर चाहिँ एक रुपैयाँ पनि हुँदैन । बिचौलियाको सेयर भने १० देखि १२ रुपैयाँहुँदै अन्त्यमा गएर सम्पूर्ण नाफा उनीहरूकै हातमा पुग्छ।’

किसानले उत्पादन गरेका बस्तु दुई दिनसम्म पनि भण्डारण गरेर राख्न सक्ने अवस्था नरहेकाले यस्तो अवस्था आएको खनालको बुझाइ छ। 

‘मूल्य शृंखलामा किसानको शेयर बढी किन भएन?’ किनकि, किसानले उत्पादन गरेका बस्तु उसले दुई दिनसम्म पनि भण्डारण गरेर राख्न सक्ने अवस्था छैन। उसलाई तत्कालै पैसा चाहिएको हुन्छ। वा, उसँग भण्डारण गर्ने क्षमता हुँदैन। यसैकारण बिचौलियाको शेयर बढी भएको हो,’ उनी स्पष्ट पार्छन् ।

यस श्रृङ्खलाका थप सामग्रीहरू :

जलवायु असरका विषय घोषणापत्रमा समेटिएलान्?, विज्ञहरू भन्छन्– अब वातावरणको मुद्दा केन्द्रमा हुनुपर्छ

घोषणापत्रमा कृषि: दलहरूको प्राथमिकतामा के-के विषय पर्नुपर्छ?

घोषणापत्रमा शिक्षा : यस्ता छन् समेट्नैपर्ने विषय

घोषणापत्रमा सामाजिक न्याय : समेटिन्छ तर कार्यान्वयन हुँदैन

घोषणापत्रमा वैदेशिक रोजगारीः यी हुन् दलहरुको प्राथमिकतामा पर्नैपर्ने विषय 

घोषणापत्रमा पर्यटनको मुद्दा: दलहरुले समेट्नुपर्ने विषय के हुन्?

दलहरुको विकासे नारा: आकाशको मिठो फल!

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १८:३२
  • #चुनाव_२०७९
  • #राजनीतिमा नीति बहस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
मनलाग्दी शुल्क असुली गर्ने विद्यालयलाई कारबाही हुने बिहीबार, वैशाख १७, २०८३
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी बिहीबार, वैशाख १७, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्