• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
राजनीतिमा नीति बहस-६

दलहरुको विकासे नारा: आकाशको मिठो फल!  

64x64
नवीन झा मंगलबार, कात्तिक १, २०७९  १९:००
1140x725

काठमाडौं– २०१६ सालमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीको रुपमा सपथ लिएपश्चात नेपाली कांग्रेसका तत्कालीन नेता बीपी कोइरालाले भनेका थिए, ‘१५ वर्षभित्र प्रत्येक नेपाली परिवार मजस्तो मध्यमवर्गीय हुनेछ।’ आफू जनताको प्रधानमन्त्री भएको बताउँदै बीपीले अबको १५ वर्षभित्र प्रत्येक नेपालीको आफ्नोजस्तै घर होस् भन्ने चाहना व्यक्त गरेका थिए।   

‘१५ वर्ष भित्र मेरो जस्तो आफनो घर, मलाईसरह उनीहरुलाई खान पुगोस्, मेरो बालबच्चासरह उनीहरुका बालबच्चा पनि स्कूल पढ्न पाउन, बिरामी पर्दा तिनीहरुको उपचार हुन सकोस् अनि घर–आँगनमा दुहिना गाई भैंसी हुन सकुन्,’ बीपीको भनाइ थियो। 

बीपी कोइरालाले यो प्रतिबद्धता व्यक्त गरेको ३० वर्षपछि नेपाली कांग्रेसले ०४८ सालको चुनावी घोषणापत्रमा देशको समृद्धिको बारेमा आश्वासन बाँड्यो, ‘नेपाली कांग्रेस आगामी १५ वर्षभित्र देशका बहुसंख्यक गरिब, ग्रामीण किसान, मजदुर, सुकुम्बासी, स–साना उद्यमी र व्यवसायी, सीमित वेतनभोगी, शिक्षक र कर्मचारीहरू र भुपू सैनिकहरू, महिला समुदाय, वृद्ध–वद्धाहरू तथा पीछडिएका विभिन्न जात–जातिका मानिसहरूलाई आफ्नो घर, शिक्षादीक्षा, खाने लाउने सुविधा, औषधीमुलो, यथोचित मनोरञ्जन प्राप्त गर्न सक्ने कमाइको स्थितिमा पुर्‍याउने संकल्प व्यक्त गर्दछ।’

००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि ‘आधुनिक युग’को सुरुवाती भएको मानिन्छ। प्रजातन्त्र प्राप्तीपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो। बीपी कोइरालाले राम्ररी सरकार चलाउन पाएका थिएनन्, पञ्चायती व्यवस्था सुरु भयो। 

पञ्चायती व्यवस्थाको समाप्तीपछि ०४८ सालको संसदीय चुनावमा कांग्रेसले ३० वर्ष अगाडिको बीपी प्रतिबद्धतालाई पुन: दोहोर्‍यायो। तर, उक्त प्रतिबद्धता ३१ वर्ष हुँदा पनि पूरा हुन सकेको छैन। 

आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्र निर्माणको क्रममा रहेको कांग्रेसले फेरी उही नारा दोहोर्‍याउने निश्चित छ। बीपी कोइरालाले ६३ वर्ष अगाडि नै जाहेर गरेको प्रतिबद्धता पूरा गर्न भन्दै कांग्रेसले अझै आश्वासन बाँड्नुपर्ने भएको छ। 

०४६ को राजनितीक परिर्वतनपछि सत्ताको अर्को प्रमुख खेलाडी बनेको नेकपा एमालेले पनि नेपालको समृद्धिका सन्दर्भमा थरीथरी व्याख्या गरेको छ। एमाले नेता (दिवंगत) मदन भण्डारी र मनमोहन अघिकारीका घोषणाहरुलाई अहिले पनि एमालेका नेताहरुले ‘गीता’सरह मान्छन्। 

मदन भण्डारीको ‘जबज’लाई मार्गदर्शक सिद्धान्त मान्दै आएको एमालेका पछिल्ला दस्ताबेजहरुमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा ‘ठूला अक्षर’ले लेख्ने गरेको पाइन्छ। तर, कार्यान्वयको सन्दर्भमा भने एमालेको हालत कांग्रेसको भन्दा कम ‘गएगुज्रेको’ छैन। २०४६ सालपछि आधा दर्जनभन्दा बढीपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको एमालेले आफूले गरेका बाचा र प्रदिबद्धतालाई घोषणापत्रमै सीमित गरेको देखिन्छ। 

Ncell 2
Ncell 2

कांग्रेस एमाले सहितका पुराना पार्टीहरुलाई चुनौति दिँदै ०५२ सालमा सशस्त्र संघर्ष (जनयुद्ध)मा होमिँदा नेकपा माओवादी (हाल माओवादी केन्द्र)ले पनि जनतालाई कम स्वप्न सपना बाँडेको थिएन। मूलधारको राजनीतिमा आउँदा माओवादी नेताहरुले देशलाई स्वीजरल्याण्ड र सिंगापुर बनाउने सपना पनि बाँडे। शान्तिप्रक्रियामा आएपछि माओवादीको नेतृत्वमा ३ सरकार गठन भए। तर, जनतालाई बाँडेका सपनाको हिसाब कुनैपनि माओवादी सरकारले गरेनन्। 

पछिल्लो १ दशकयता तराई–मधेसको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा ‘पकड’ जमाएका मधेस केन्द्रित दलहरु पनि आर्थिक समृद्धि र विकासको अजेन्डामा प्रस्ट छैनन्। नेपालको केन्द्रीय सत्ताले गरेको विभेदको विरोध गरेर राजनीतिक स्थान बनाएका यी पार्टीहरु समृद्धिको विषयलाई कसरी अगाडि बढाउने भन्नेमा अझै अन्योलमै छन्। 

‘मधेसमा मधेसीको शासन’ भन्ने नारालाई अगाडि सारेका यी दलहरुले यो अजेन्डालाई राजनीतिक ‘गफ’मा मात्रै सीमित गरिदिएका छन्। 

०४७ सालमा सद्भावना पार्टी स्थापना हुँदा अघि सारिएका केही नाराहरु बाहेक अहिलेसम्म दस्तावेजको रुपमा समेत मधेस तथा देशको विकास र समृद्धि बारेमा मधेसी पार्टीहरु बोलेको पाइँदैन। ०४६ को राजनीतिक परिर्वतनपश्चात तराई–मधेसलाई केन्द्र बनाएर गजेन्द्र नारायण सिंहले सद्भावना पार्टी खोल्दा उनले हिन्दी भाषामा मधेसमा ‘आफ्नो भाषा आफ्नो भेष र आफनो प्रान्तमा आफनो शासन’ हुने लगायतका नाराहरु अगाडि सारेका थिए। ती नाराहरु राजनीतिक अजेन्डासँग बढी नजिक थिए। 

पछिल्लो समय मधेस आन्दोलनमार्फत् स्थापित भएको मधेसी जनाधिकार फोरम र त्यसपछिका अरु मधेस केन्द्रित पार्टीले पनि आर्थिक समृद्धि र विकासको ठोस मोडेल अगाडि सारेका छैनन्। 

यद्यपि यी दलका नेताहरुको दलिल हुने गरेको छ– ‘मधेसी जनताले अहिले पनि राजनीतिक अधिकार प्राप्त गरेका छैनन्। राजनीतिक अधिकारका लागि संघर्ष गर्नुपरिरहेको अवस्थामा आर्थिक समृद्धिको विषय ओझेलमा परेको हुनसक्छ।’

सद्भावना पार्टीका संस्थापक मध्येका एक नेता लक्ष्मणलाल कर्ण भन्छन्, ‘मधेससँग पहिलेदेखि नै भइरहेको व्यवहारमा परिवर्तन नआएसम्म त्यहाँको समृद्धिको कुरा गर्नुको खासै तुक हुने छैन।’

समयक्रममा दलहरूले विकासको अनेक सपना देखाउने गरेका छन्। त्यसमा कुनै दल अरूभन्दा कम छैनन्। नेकपा एमालेले ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्ने नारा घन्कायो। माओवादीले देशलाई स्वीजरल्याण्ड बनाउने सपना बाँड्यो। मधेस केन्द्रित दलहरुले जनतालाई ‘शासक’ बनाउने आश्वासन बाँडे। तर, ती सबै कुरा नारा, घोषणा, सपना र आश्वासनमै सीमित भए। 

कांग्रेस नेता राधेश्याम अधिकारी दलहरुको घोषणापत्रअनुसार विकास नहुनुलाई स्वभाविक ठान्छन्। ‘हामीले घोषणापत्र बनाउँदा अस्वभाविक रुपमा विकासका सपनाहरु बाँडछौँ,’ अधिकारी भन्छन्, ‘तर सत्तामा जाँदा काम चाहिँ केही गर्दैनौं।’ नेपालका राजनीतिक दलहरुबीच आर्थिक समृद्धि र विकासका विषयमा छलफल सुरु नै नभएको अधिकारीको भनाइ छ। 

‘हाम्रा कुनै पनि दलले विकास भनौ वा देश बनाउन बारेमा अहिलेसम्म गम्भीर रुपमा छलफल नै सुरु गरेका छैनन्,’ अधिकारी भन्छन्, ‘अनि घोषणापत्र वा दस्तावेजमा कुनै अर्थशास्त्रीहरुबाट नारा लेखाएर के हुन्छ?’

नेकपा एमालेका सचिव योगेश भट्टराई अहिलेसम्म राजनीतिक पार्टीले विकासको मुद्दालाई प्राथमिकतामा नराख्दा समृद्धिको कुरा सपनामै सीमित रहन पुगेको स्वीकार्छन्। भटराई भन्छन्, ‘अहिलेसम्म हामी राजनीतिक पार्टीहरुले विकासको मुद्धालाई प्राथमिकतामै राखेनौँ, त्यसैले यो राज्यको प्रधान अजेन्डाको रुपमा अघि बढ्न सकेन।’

नयाँ संविधान निर्माण भाइ जारी भइसकेपछि राजनीतिक विषयलाई अजेन्डा बनाइनु उपयुक्त नहुने भट्टराईको बुझाइ छ। अब दलहरुले आर्थिक समृद्धि र विकासलाई मुख्य अजेन्डा बनाउनुपर्ने उनी बताउँछन्। 

उनी भन्छन्, ‘हामीले संविधान सभाबाट संविधान जारी गरेर राजनितीक मुद्दालाई सम्बोधन गर्‍यौँ। अब हामीहरुको मुख्य कुरा विकासको मुद्दा नै हो।’

अस्थीर राजनितीको चक्रब्यूहमा समृद्धि सपना 
नयाँ संविधान जारी भएपछि माओवादी पार्टीमा वरिष्ठ नेताको हैसियत छाडेर नयाँ शक्ति नामक पार्टी गठन गर्दा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको निष्कर्ष थियो– राजनीतिक खिचातानीका कारण विकास र समृद्धिको मुद्दा ओझेलमा पर्‍यो। 

‘समृद्धि आफ्नै जीवनकालमा’ भन्ने नारासहित विकासको नयाँ मोडल अगाडि सारेका भनेका भट्टराई पनि सफल हुन सकेनन्। ‘मुलुक समृद्ध नहुञ्जेल राजनीतिक परिवर्तनले अर्थ राख्दैन’ भन्ने भट्टराई पुन: पुरानै ठाउँमा आएका छन्। ७ वर्पछि भट्टराई फेरि माओवादीमै फर्किने सुरमा छन्।

एमाले सचिव योगेश भट्टराई १९५० देखि अहिलेसम्मको राजनीतिक अल्झनले विकासको मुद्दालाई ओझेलमा पारेको बताउँछन्। ‘हामी १९५० देखि अहिलेसम्म राजनितीक अल्झनमै रह्यौँ। जसले नागरिककको समृद्धिको चाहनालाई सपनामै सीमित राखिदियो।’ 


यस श्रृङ्खलाका थप सामग्रीहरु: 

घोषणापत्रमा कृषि: दलहरूको प्राथमिकतामा के-के विषय पर्नुपर्छ?

घोषणापत्रमा शिक्षा : यस्ता छन् समेट्नैपर्ने विषय

घोषणापत्रमा सामाजिक न्याय : समेटिन्छ तर कार्यान्वयन हुँदैन

घोषणापत्रमा वैदेशिक रोजगारीः यी हुन् दलहरुको प्राथमिकतामा पर्नैपर्ने विषय 

घोषणापत्रमा पर्यटनको मुद्दा: दलहरुले समेट्नुपर्ने विषय के हुन्?

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १९:००
  • #राजनीतिमा नीति बहस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ । शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स... बिहीबार, पुस २४, २०८२
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन... बुधबार, पुस २३, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्