• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
राजनीतिमा नीति बहस-६

दलहरुको विकासे नारा: आकाशको मिठो फल!  

64x64
नवीन झा मंगलबार, कात्तिक १, २०७९  १९:००
1140x725

काठमाडौं– २०१६ सालमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीको रुपमा सपथ लिएपश्चात नेपाली कांग्रेसका तत्कालीन नेता बीपी कोइरालाले भनेका थिए, ‘१५ वर्षभित्र प्रत्येक नेपाली परिवार मजस्तो मध्यमवर्गीय हुनेछ।’ आफू जनताको प्रधानमन्त्री भएको बताउँदै बीपीले अबको १५ वर्षभित्र प्रत्येक नेपालीको आफ्नोजस्तै घर होस् भन्ने चाहना व्यक्त गरेका थिए।   

‘१५ वर्ष भित्र मेरो जस्तो आफनो घर, मलाईसरह उनीहरुलाई खान पुगोस्, मेरो बालबच्चासरह उनीहरुका बालबच्चा पनि स्कूल पढ्न पाउन, बिरामी पर्दा तिनीहरुको उपचार हुन सकोस् अनि घर–आँगनमा दुहिना गाई भैंसी हुन सकुन्,’ बीपीको भनाइ थियो। 

बीपी कोइरालाले यो प्रतिबद्धता व्यक्त गरेको ३० वर्षपछि नेपाली कांग्रेसले ०४८ सालको चुनावी घोषणापत्रमा देशको समृद्धिको बारेमा आश्वासन बाँड्यो, ‘नेपाली कांग्रेस आगामी १५ वर्षभित्र देशका बहुसंख्यक गरिब, ग्रामीण किसान, मजदुर, सुकुम्बासी, स–साना उद्यमी र व्यवसायी, सीमित वेतनभोगी, शिक्षक र कर्मचारीहरू र भुपू सैनिकहरू, महिला समुदाय, वृद्ध–वद्धाहरू तथा पीछडिएका विभिन्न जात–जातिका मानिसहरूलाई आफ्नो घर, शिक्षादीक्षा, खाने लाउने सुविधा, औषधीमुलो, यथोचित मनोरञ्जन प्राप्त गर्न सक्ने कमाइको स्थितिमा पुर्‍याउने संकल्प व्यक्त गर्दछ।’

००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि ‘आधुनिक युग’को सुरुवाती भएको मानिन्छ। प्रजातन्त्र प्राप्तीपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो। बीपी कोइरालाले राम्ररी सरकार चलाउन पाएका थिएनन्, पञ्चायती व्यवस्था सुरु भयो। 

पञ्चायती व्यवस्थाको समाप्तीपछि ०४८ सालको संसदीय चुनावमा कांग्रेसले ३० वर्ष अगाडिको बीपी प्रतिबद्धतालाई पुन: दोहोर्‍यायो। तर, उक्त प्रतिबद्धता ३१ वर्ष हुँदा पनि पूरा हुन सकेको छैन। 

आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्र निर्माणको क्रममा रहेको कांग्रेसले फेरी उही नारा दोहोर्‍याउने निश्चित छ। बीपी कोइरालाले ६३ वर्ष अगाडि नै जाहेर गरेको प्रतिबद्धता पूरा गर्न भन्दै कांग्रेसले अझै आश्वासन बाँड्नुपर्ने भएको छ। 

०४६ को राजनितीक परिर्वतनपछि सत्ताको अर्को प्रमुख खेलाडी बनेको नेकपा एमालेले पनि नेपालको समृद्धिका सन्दर्भमा थरीथरी व्याख्या गरेको छ। एमाले नेता (दिवंगत) मदन भण्डारी र मनमोहन अघिकारीका घोषणाहरुलाई अहिले पनि एमालेका नेताहरुले ‘गीता’सरह मान्छन्। 

मदन भण्डारीको ‘जबज’लाई मार्गदर्शक सिद्धान्त मान्दै आएको एमालेका पछिल्ला दस्ताबेजहरुमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा ‘ठूला अक्षर’ले लेख्ने गरेको पाइन्छ। तर, कार्यान्वयको सन्दर्भमा भने एमालेको हालत कांग्रेसको भन्दा कम ‘गएगुज्रेको’ छैन। २०४६ सालपछि आधा दर्जनभन्दा बढीपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको एमालेले आफूले गरेका बाचा र प्रदिबद्धतालाई घोषणापत्रमै सीमित गरेको देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेस एमाले सहितका पुराना पार्टीहरुलाई चुनौति दिँदै ०५२ सालमा सशस्त्र संघर्ष (जनयुद्ध)मा होमिँदा नेकपा माओवादी (हाल माओवादी केन्द्र)ले पनि जनतालाई कम स्वप्न सपना बाँडेको थिएन। मूलधारको राजनीतिमा आउँदा माओवादी नेताहरुले देशलाई स्वीजरल्याण्ड र सिंगापुर बनाउने सपना पनि बाँडे। शान्तिप्रक्रियामा आएपछि माओवादीको नेतृत्वमा ३ सरकार गठन भए। तर, जनतालाई बाँडेका सपनाको हिसाब कुनैपनि माओवादी सरकारले गरेनन्। 

पछिल्लो १ दशकयता तराई–मधेसको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा ‘पकड’ जमाएका मधेस केन्द्रित दलहरु पनि आर्थिक समृद्धि र विकासको अजेन्डामा प्रस्ट छैनन्। नेपालको केन्द्रीय सत्ताले गरेको विभेदको विरोध गरेर राजनीतिक स्थान बनाएका यी पार्टीहरु समृद्धिको विषयलाई कसरी अगाडि बढाउने भन्नेमा अझै अन्योलमै छन्। 

‘मधेसमा मधेसीको शासन’ भन्ने नारालाई अगाडि सारेका यी दलहरुले यो अजेन्डालाई राजनीतिक ‘गफ’मा मात्रै सीमित गरिदिएका छन्। 

०४७ सालमा सद्भावना पार्टी स्थापना हुँदा अघि सारिएका केही नाराहरु बाहेक अहिलेसम्म दस्तावेजको रुपमा समेत मधेस तथा देशको विकास र समृद्धि बारेमा मधेसी पार्टीहरु बोलेको पाइँदैन। ०४६ को राजनीतिक परिर्वतनपश्चात तराई–मधेसलाई केन्द्र बनाएर गजेन्द्र नारायण सिंहले सद्भावना पार्टी खोल्दा उनले हिन्दी भाषामा मधेसमा ‘आफ्नो भाषा आफ्नो भेष र आफनो प्रान्तमा आफनो शासन’ हुने लगायतका नाराहरु अगाडि सारेका थिए। ती नाराहरु राजनीतिक अजेन्डासँग बढी नजिक थिए। 

पछिल्लो समय मधेस आन्दोलनमार्फत् स्थापित भएको मधेसी जनाधिकार फोरम र त्यसपछिका अरु मधेस केन्द्रित पार्टीले पनि आर्थिक समृद्धि र विकासको ठोस मोडेल अगाडि सारेका छैनन्। 

यद्यपि यी दलका नेताहरुको दलिल हुने गरेको छ– ‘मधेसी जनताले अहिले पनि राजनीतिक अधिकार प्राप्त गरेका छैनन्। राजनीतिक अधिकारका लागि संघर्ष गर्नुपरिरहेको अवस्थामा आर्थिक समृद्धिको विषय ओझेलमा परेको हुनसक्छ।’

सद्भावना पार्टीका संस्थापक मध्येका एक नेता लक्ष्मणलाल कर्ण भन्छन्, ‘मधेससँग पहिलेदेखि नै भइरहेको व्यवहारमा परिवर्तन नआएसम्म त्यहाँको समृद्धिको कुरा गर्नुको खासै तुक हुने छैन।’

समयक्रममा दलहरूले विकासको अनेक सपना देखाउने गरेका छन्। त्यसमा कुनै दल अरूभन्दा कम छैनन्। नेकपा एमालेले ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्ने नारा घन्कायो। माओवादीले देशलाई स्वीजरल्याण्ड बनाउने सपना बाँड्यो। मधेस केन्द्रित दलहरुले जनतालाई ‘शासक’ बनाउने आश्वासन बाँडे। तर, ती सबै कुरा नारा, घोषणा, सपना र आश्वासनमै सीमित भए। 

कांग्रेस नेता राधेश्याम अधिकारी दलहरुको घोषणापत्रअनुसार विकास नहुनुलाई स्वभाविक ठान्छन्। ‘हामीले घोषणापत्र बनाउँदा अस्वभाविक रुपमा विकासका सपनाहरु बाँडछौँ,’ अधिकारी भन्छन्, ‘तर सत्तामा जाँदा काम चाहिँ केही गर्दैनौं।’ नेपालका राजनीतिक दलहरुबीच आर्थिक समृद्धि र विकासका विषयमा छलफल सुरु नै नभएको अधिकारीको भनाइ छ। 

‘हाम्रा कुनै पनि दलले विकास भनौ वा देश बनाउन बारेमा अहिलेसम्म गम्भीर रुपमा छलफल नै सुरु गरेका छैनन्,’ अधिकारी भन्छन्, ‘अनि घोषणापत्र वा दस्तावेजमा कुनै अर्थशास्त्रीहरुबाट नारा लेखाएर के हुन्छ?’

नेकपा एमालेका सचिव योगेश भट्टराई अहिलेसम्म राजनीतिक पार्टीले विकासको मुद्दालाई प्राथमिकतामा नराख्दा समृद्धिको कुरा सपनामै सीमित रहन पुगेको स्वीकार्छन्। भटराई भन्छन्, ‘अहिलेसम्म हामी राजनीतिक पार्टीहरुले विकासको मुद्धालाई प्राथमिकतामै राखेनौँ, त्यसैले यो राज्यको प्रधान अजेन्डाको रुपमा अघि बढ्न सकेन।’

नयाँ संविधान निर्माण भाइ जारी भइसकेपछि राजनीतिक विषयलाई अजेन्डा बनाइनु उपयुक्त नहुने भट्टराईको बुझाइ छ। अब दलहरुले आर्थिक समृद्धि र विकासलाई मुख्य अजेन्डा बनाउनुपर्ने उनी बताउँछन्। 

उनी भन्छन्, ‘हामीले संविधान सभाबाट संविधान जारी गरेर राजनितीक मुद्दालाई सम्बोधन गर्‍यौँ। अब हामीहरुको मुख्य कुरा विकासको मुद्दा नै हो।’

अस्थीर राजनितीको चक्रब्यूहमा समृद्धि सपना 
नयाँ संविधान जारी भएपछि माओवादी पार्टीमा वरिष्ठ नेताको हैसियत छाडेर नयाँ शक्ति नामक पार्टी गठन गर्दा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको निष्कर्ष थियो– राजनीतिक खिचातानीका कारण विकास र समृद्धिको मुद्दा ओझेलमा पर्‍यो। 

‘समृद्धि आफ्नै जीवनकालमा’ भन्ने नारासहित विकासको नयाँ मोडल अगाडि सारेका भनेका भट्टराई पनि सफल हुन सकेनन्। ‘मुलुक समृद्ध नहुञ्जेल राजनीतिक परिवर्तनले अर्थ राख्दैन’ भन्ने भट्टराई पुन: पुरानै ठाउँमा आएका छन्। ७ वर्पछि भट्टराई फेरि माओवादीमै फर्किने सुरमा छन्।

एमाले सचिव योगेश भट्टराई १९५० देखि अहिलेसम्मको राजनीतिक अल्झनले विकासको मुद्दालाई ओझेलमा पारेको बताउँछन्। ‘हामी १९५० देखि अहिलेसम्म राजनितीक अल्झनमै रह्यौँ। जसले नागरिककको समृद्धिको चाहनालाई सपनामै सीमित राखिदियो।’ 


यस श्रृङ्खलाका थप सामग्रीहरु: 

घोषणापत्रमा कृषि: दलहरूको प्राथमिकतामा के-के विषय पर्नुपर्छ?

घोषणापत्रमा शिक्षा : यस्ता छन् समेट्नैपर्ने विषय

घोषणापत्रमा सामाजिक न्याय : समेटिन्छ तर कार्यान्वयन हुँदैन

घोषणापत्रमा वैदेशिक रोजगारीः यी हुन् दलहरुको प्राथमिकतामा पर्नैपर्ने विषय 

घोषणापत्रमा पर्यटनको मुद्दा: दलहरुले समेट्नुपर्ने विषय के हुन्?

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १९:००
  • #राजनीतिमा नीति बहस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार मंगलबार, भदौ २, २०८३
सुनसरी-सिरहा घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री शाह र भारतीय प्रधानसेनापति सेठबीच भेटवार्ता मंगलबार, भदौ २, २०८३
फेरि पक्राउ पर्ने त्रासबीच पत्रकार किशाेर श्रेष्ठ रिट लिएर,पुगे उच्च अदालत, के गर्ला प्रहरी? मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्