काठमाडौं – काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल–चीन सीमा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गएको हो।
बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना रहेको बताए।
भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, काभ्रे, काठमाडौं उपत्यका र धादिङलगायतका जिल्लामा महसुस गरिएको थियो।
काठमाडौंमा पनि भूकम्पको धक्का दुईपटक महसुस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।