पोखरा– पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिस पुरुष डबल्समा गण्डकीले स्वर्ण पदक जितेको छ। टेनिस पुरुष डबल्समा प्रदीप खड्का र अनिल शाहीको जोडीले स्वर्ण जितेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागिय टोली नेपाल आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो।
सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो।
सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो। यसअघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।