पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफ क्लबकी फूलमती राना र त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन्।
पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतीले निधारित दूरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।
आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकी रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितिन्।
पुरुषतर्फ निर्धारित दूरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते। पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीका सुनिल सुनारले कास्य पदक जिते। निर्धारित दूरी कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्ड पूरा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।