बार्सिलोना - स्पेनको बार्सिलोना तथा म्याड्रिड शहरमा क्याटलोनियामा भएको जनमतसङ्ग्रहपछि आएको अन्यौललाई व्यवस्थापन गर्न वार्तामा बस्न नेताहरूलाई आग्रह गर्दै हजारौँको सङ्ख्यामा प्रदर्शन भएको छ।
प्रदर्शनकारीले स्पेनी तथा क्याटलोनियाली नेतालाई दवाव दिन ‘हामी वार्ता गर्न सक्छौ ?’ भन्ने नारा लेखिएका व्यानर बोकेका सेतो टिसर्टधारी प्रदर्शनकारी हजारौँको सङ्ख्यामा सडकमा उत्रेका थिए । उनीहरूले न स्पेनी झण्डा बोकेका थिए नत क्याटलोनियाली नै।
प्रदर्शनपछि प्रतिक्रिया दिँदै क्याटलोनियाली प्रमुख चाल्र्स पुइगडेमन्टले विवादित बनेको गत आइतबारको जनमतसङ्ग्रहको नतिजा जे आएपनि सकारात्मक परिणामका लागि पहल गर्ने प्रतिज्ञा गरेका छन्।
त्यसैगरी स्पेनी प्रधानमन्त्री मारिआनो रजोएले मतदान गैरकानूनी भएको बताउँदै क्याटोलोनिया स्पेनबाट कहीँ नजाने बताए। उनले अलग्गिने कदम रोक्ने पूर्ण सम्भावना रहेको बताए।
हालै सम्पन्न जनमत संग्रहलाई स्पेनको संवैधानिक अदालतले असंवैधानिक घोषणा गरिसकेको छ।
पृथकतावादी नेताहरुका अनुसार जनमत संग्रहमा ४० प्रतिशत अर्थात् करिब २३ लाख मानिसले मतदान गरेका थिए र त्यसमध्ये ९० प्रतिशतले छुट्टिनुपर्ने पक्षमा मत खसालेका थिए । रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।