काठमाडौं– नेवार समुदायको आस्थामा चोट पुग्नेगरी कमेडी गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षतिजलाई बुधबार अदालतमा उपस्थित गराइने भएको छ।
पहिलोपटक पक्राउ परेपछि अस्वस्थ भएका कारण साधारण तारेखमा उनलाई रिहा गरिएको थियो। तर अनुसन्धान सकेर अदालतमा पेस गर्नुपर्ने भएको भन्दै प्रहरीले उनलाई फेरि पक्राउ गरेको थियो।
उनलाई आज (आज) म्याद थपका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। मंगलबार सार्वजनिक बिदा परेकोले पक्राउ परेका अपूर्वलाई आज अदालतमा उपस्थित गराइन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।