पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन्।
अनिशले ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए। त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते।
उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे। सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ मा दूरी पूरा गर्दै कास्य पदक जिते।
राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।