काठमाडौं- प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।
नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुख समेत रहेका सिंहको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ समेत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ।
प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।