काठमाडौं– संस्कृतिविद सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार (कात्तिक १ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा कात्तिक १ गते बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
यस्तै, कात्तिक १ गते राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पनि पोखरेलले जानकारी दिएका छन्।
संस्कृतिविद् जोशीको १०३ वर्षको उमेरमा आइतबार निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।