काठमाडौं– सत्ता गठबन्धनका दलहरुको बैठक आज (सोमबार) बस्दै छ। बैठक सोमबार अपराह्न ३ बजे बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारको ‘विरुद्ध’मा उम्मेदवारी दर्ता गराएका ‘बागी’ उम्मेदवारको विषयमा छलफल हुने जनाएको छ।
गठबन्धन दलका शीर्ष नेताहरुले यसअघि नै बागी उम्मेदवारी उम्मेदवारी फिर्ता लिन अपिल गरेको थिए। उम्मेदवारी फिर्ता नलिनेमाथि कारबाही हुने पनि चेतावनी दिइएको थियो।
गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका नेताहरुले गठबन्धनमा भएको सिटको बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
गठबन्धनमा रहेका दलहरुकै स्थानीय नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएपछि निर्वाचन परिणाममा प्रभाव पार्ने देखिएपछि शीर्ष नेताहरु बागी उम्मेदवारलाई फकाउन प्रयासरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।