काठमाडौं– दशैंपछि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको कर्णााली राजमार्ग अन्तर्गतको सुर्खेत–कालीकोट खण्ड सोमबारदेखि सञ्चालनमा आएको छ।
राजमार्ग खुलेसँगै गाडी चल्न थालेका छन्। कालीकोटको खाँडाचक्र नगरपालिका–२ सेरिघाटमा तीला नदीले बगाएको सडक पुनर्निर्माण गरेसँगै सोमबारदेखि गाडी चल्न थालेका हुन्।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सडक डिभिजन कार्यालयको संयुक्त प्रयासमा पहिरोले बगाएको सडकको भीर क्षेत्रतिर चट्टान फुटाएर सडक सञ्चालनमा ल्याइएको हो।
सुर्खेत–कालीकोट खण्ड सञ्चालनमा आए पनि जुम्ला खण्ड भने अझै अवरुद्ध रहेको छ। कालीकोटको पीलिदेखि जुम्लाको नाग्मगाढसम्म दर्जनौं ठाउँमा पहिरझ खसेको छ।
उक्त क्षेत्रमा पनि मेसिन लगाएर पहिरो पन्छाउने र बगाएको ठाउँमा नयाँ ट्रयाक खोल्ने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। विगत १० दिनदेखि उक्त राजमार्गमा सवारी चल्न सकेका छैनन्।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार जुम्ला खण्ड पनि छिट्टै सञ्चालनमा आउने गरी काम भइरहेको छ। सहायक सडकबाट खसेको पहिरोका कारण कर्णाली राजमार्ग क्षतविच्छेद बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।