काठमाडौं– राष्ट्रपति विद्यादवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
सामाजिक सञ्जाल ट्विटरमा श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छन्।
उनले शताब्दी पुरुष जोशीको जीवन सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको उल्लेख गरेकी छन्।
उनले भनेकी छन्, ‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ। उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।