काठमाडौं– शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षीय जोशीको उपचारका क्रममा आज बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा निधन भएको हो।
बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको अस्पतालले जनाएको छ। जोशीलाई मुटु र प्रोष्टेटको समस्या थियो। कमजोरी बढेपछि जोशीलाई असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।
रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो। सुरुमा केही सुधार देखिए पनि पछिल्लो केही दिनयता उनको स्वास्थ्य गम्भीर बन्दै गएको थियो।
अस्पतालले भने केहो बेरमा उनको निधनबारे आधिकारिक विज्ञप्ति जारी गर्ने तयारी गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।