• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
घोषणापत्रमा स्वास्थ्य

'स्वास्थ्यमा प्रणाली सुधार गर्न सक्ने नेतृत्व आउनुपर्छ'

64x64
अन्शु खनाल आइतबार, असोज ३०, २०७९  ०७:३७
1140x725

काठमाडौं– पछिल्लो पाँचवर्षमा कोरोना महामारीदेखी लिएर डेंगुको प्रकोपसम्म आइपुग्दा नेपालको स्वास्थ्य प्रणाली कतिसम्म कमजोर रहेछ भनेर स्पष्ट भएको विज्ञहरू बताउँछन्। आमजनतालाई आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भनेर सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममाथि पनि सयौं प्रश्नहरू उठिरहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन डा राजेन्द्र कोजुले बताए। उनी स्वास्थ्य प्रणालीलाई बलियो बनाउन अब नेतृत्व तहमा आउनेले पूर्वाधार र जनशक्तिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउँछन्।

स्वास्थ्य मन्त्रालयमा लामो समय काम गरेर उमेरका आधारमा अनिवार्य अवकाश पाएका डा बाबुराम मरासिनी पनि कोरोनाबाट पाठ सिकेर धेरै कुरा गर्न सकिने बताउँछन्। ‘कोरोनाको समयमा देशले जे भोग्यो अब फेरि त्यही दिन नआउला भन्न सकिन्न त्यसैले सरुवा रोग नियन्त्रणको लागि एउटा छुट्टै एजेन्सी बनाउनु पर्छ। कोरोनाबाट पाठ सिकेर स्वास्थ्य प्रणाली सुधार गर्न सक्ने नेतृत्व आउनु पर्छ,’ मरासिनी भन्छन्।

डा कोजु पनि आजका दिनसम्म स्वास्थ्य क्षेत्रमा आएका उतारचढावलाई मूल्यांकन गरेर स्वास्थ्य प्रणालीलाई अझै बलियो बनाउन सबैको भूमिका भएको बताउँछन्।

प्रतिनिधि सभा चुनावको मुखैमा उम्मेदवारहरुले निकाल्ने घोषणापत्रमा पनि स्वास्थ्य प्रणाली सुधार्ने कुराहरु समावेश हुनुपर्ने चिकित्सकहरू बताउँछन्। अबको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्ने? के कुरामा ध्यान दिन आवश्यक लगायतका विषयमा डा मरासिनी र डा कोजुसँग अन्शु खनालले कुराकानी गरेकी छिन्। उनीहरुले व्यक्त गरेको धारणा उनीहरुकै शब्दमा:

सरुवा रोगहरुको लागि छुट्टै एजेन्सी बनाउनु पर्छ: डा. बाबुराम मरासिनी

1761493241drbaburammarasini1665885030.jpeg

स्वास्थ्यमा मार्गचित्र स्पष्ट छ। आधारभूत स्वास्थ्य सेवा नि:शुल्क र त्यसभन्दा माथिका लागि स्वास्थ्य बिमा छ। बिमाको पनि नाम मात्रै भएको छ, पैसा थोरै छ। यो दुईटा पक्षको पहुँच र गुणस्तरीय सेवामा ध्यान दिनुपर्छ। कतै कतै स्वास्थ्य सेवा नै उपलब्ध छैन त्यस्ता ठाउँहरुमा सेवा बढाउनु पर्छ र गुणस्तरमा पनि ध्यान दिनुपर्छ। नेपालभरी नै आधाभूत स्वास्थ्य सेवा र स्वाथ्य बिमाको सुविधा पुग्नु पर्छ।

अन्य देशहरुमा हेर्ने हो भने सरुवा रोगहरुको लागि छुट्टै एजेन्सीहरू खडा गरेको छ। हाम्रो देशमा चाहिँ त्यो काम गर्न ढिला भइसकेको अवस्था छ। स्वास्थ्य मन्त्रालय मार्फत त्यो एजेन्सी खडा भइसक्नु पर्थ्यो। तर भएकै छैन।

Ncell 2
Ncell 2
nimb
nimb

हामी अहिले नेपालमा जियोपोलिटिकल कन्डिसनले एकदमै नराम्रो अवस्थामा छौँ। हाम्रो भूगोल निकै अफ्ट्यारो छ। यदी नेपालमा कुनै नयाँ रोग निस्कियो भने भारत र चीन दुवै देशले नाकाबन्दी गर्दिन्छन्। त्यसकारण हामीले सरुवा रोगको नियन्त्रणको मामलमा गम्भीर हुनुपर्थ्यो। तर सरकार गम्भीर छैन। पछिल्लो पाँच वर्षको स्थिति हेर्दा कतै बाट पनि गम्भीरता देखिएको छैन। त्यसकारण अब नेतृत्व तहमा आउनेहरुमा सरुवा रोगहरुको लागि छुट्टै एजेन्सी बनाएर रोग नियन्त्रणको कामहरू सुरु गर्छौं भन्ने खाले प्रतिवद्धता चाहिन्छ।

अर्को पाटो भने एजेन्सी खोलेर मात्रै हुन्न त्यसको लागि राम्रो प्रयोगशालाको खाँचो छ। हामीसंग बायोसेफ्टी लेभल (बिएसएल) २ मात्रै छ। अब तत्कालै त्यो लेभललाई ३ बनाएर पाँच वर्ष भित्र बीएसएल ४ मा जाने खालको कमसेकम एउटा प्रयोगशाला बनाउनु पर्छ।

अहिले देशमा सर्पदंशले सयौं मान्छेको मृत्यु हुन्छ। भारतबाट त्यो विरुद्धको औषधि ल्याउन पनि निकै गाह्रो छ। त्यहाँको सर्वोच्च अदालतले भारतलाई चाहिने जति मात्रै उत्पत्दन गर्न भनेको छ। भारत सरकारले हामीलाई माया गरेर मन्त्रिपरिषदले विषेश निर्णय गरेर केही समयसम्म त्यो औषधि दिइरहेको छ। तर कतिन्जेल दिन्छ थाहा छैन। त्यसकारण यस्ता संवेदनशील कुराहरुमा पनि ध्यान दिनुपर्यो।

साथै, देशमा जलवायु परिवर्तनको व्यापाक असर देखिन थालेको छ। उदाहरणको लागि डेंगु यसरी फैलियो, त्यसमा पनि जलवायु परिवर्तनको अंश छ। त्यसैले अब आउने नेतृत्वले जलवायु परिवर्तनबाट हुने स्वास्थ्य असर कम गर्न पनि हामी काम गर्छौं भन्ने खालको प्रतिवद्धता हुनुपर्छ।

स्वास्थ्य बिमाको दायारा बढाउनुपर्छ: डा राजेन्द्र कोजु 

683383263dr_koju1665885113.jpeg

स्वास्थ्य क्षेत्र भन्ने बित्तिकै मुख्य दुई वटा पार्ट हुन्छ, उपचारात्मक र रोकथाम। उपचारात्मक कुरामा स्वास्थ्य सेवाका क्षेत्रहरूलाई भरपर्दो बनाउनु पर्ने हुन्छ। पूर्वाधारको विकास गर्नुपर्छ। दक्ष जनशक्ति सबै ठाउँमा पुर्याउनु पर्छ। दक्ष जनशक्तिलाई काम गर्नको लागि उत्प्रेरणा दिने खालको आवश्यक स्रोतसाधन देखी लिएर तालिम र तलब सम्मका कुरामा जोड दिनुपर्छ। यी कुराहरु केन्द्रिय अस्पतालदेखी गाउँका प्राथमिक स्वास्थ्य चौकीसम्म राम्रो बनाउनु पर्छ। उपचारात्मक सेवालाई राम्रो बनाउनको लागि सरकारी क्षेत्रलाई नै बलियो बनाउनु पर्छ। सबै मानिसको पहुँच हुने खालको सेवा विस्तार हुँदा आर्थिक अभावको कारण स्वास्थ्य सेवाबाट कोही वन्चित हुनु पर्दैन।

अर्को मुख्य कुरा स्वास्थ्य बिमालाई अझै बलियो बनाउनु पर्छ। स्वास्थ्य बिमा अझै सबै मानिसहरुको पहुँचमा पुगेको  छैन। अहिले स्वास्थ्य बिमा शहर केन्द्रित मात्रै भएको जस्तो देखिएको छ। यसलाई अझै गाउँमा पुर्याएर यसको दयारा पनि बढाउनु पर्छ। अहिले १ लाख बराबरको मात्रै सेवा दिई राखेकोमा त्यसलाई अलिक बढाउनु पर्छ। स्वास्थ्य बिमा राम्रो भइसकेपछि दुरुस्त रुपमा चलाउनु पर्छ। पछिल्लो समय स्वास्थ्य प्रदायक स्वास्थ्य संस्थाले पैसा नपाएको, बिरामीले सेवा नपाएको समाचार आउंछ त्यो कुरालाई अझै चुस्त र दुरुस्त बनाउन जरुरी छ।

अहिले देशमा जतिपनि प्राइभेट अस्पताल र सरकारी अस्पताल छन्,त्यी दुवै खाले अस्पतालमा उपचार खर्च न्यून हुनुपर्छ र गुणस्तर उस्तै हुनुपर्छ। प्राइभेट अस्पताल र सरकारी अस्पतालबिचको भिन्नता न्यून हुनुपर्छ। त्यसो गरेमा सबै मानिसहरुलाई समान रुपमा स्वास्थ्य सेवा पाउछौं भन्ने ढुक्क हुन्छ।

खासमा नेपालको स्वास्थ्य प्रणाली त्यति नराम्रो छैन तर त्यसलाई कार्यन्वयन भने गर्नुपर्ने छ। प्रणाली किन पनि ठिक छ भने अहिले स्थानीय सरकारको स्वास्थ्य सेवा छ, प्रदेश सरकारको छ र संघीय  सरकारको पनि छ। तर सबैले आफ्नो आफ्नो सेवा राम्रोसँग दिन जरुरी छ। स्थानीयले आफूले दिनुपर्ने सेवा दिने, प्रदेशले पनि दिने र संघीयले पनि दिने भए यसलाई सबैतिर राम्रो सँग पुर्याउन सकिन्छ।

उचारात्मक सेवाको लागि सबैतिर  चिकित्सक, स्वास्थ्यकर्मी पुर्याउने मात्रै होईन त्यसलाई टिकाउने पनि व्यवस्थामा पनि जोड दिनुपर्ने छ। साथै अर्को पक्ष भनेको रोकथामको पक्ष हो। त्यसमा हामीले विशेष जोड दिनुपर्छ। सर्ने जस्तै नसर्ने रोगहरू पनि बढीरहेको हुनाले जनचेतना र रोकथामको कुराहरुलाई चुनावको घोषणापत्र या अब नेतृत्वमा आउने व्यक्तित्वहरुले जोड दिनुपर्छ।

उपचारात्मक सेवामा मात्रै होइन रोकथामको पाटोमा पनि काम गर्न सकियो भने स्वास्थ्य प्रणालीमा सुधार ल्याउन सकिन्छ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु] बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भग... सोमबार, भदौ २२, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो च... आइतबार, भदौ २१, २०८३
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर] शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथ... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्