काठमाडौं– कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रबाहेक देशभरको मौसम सफा रहने भएको छ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
देशको अन्य पहाडी क्षेत्रमा भने आंशिक बदली रही मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। हाल नेपालको पूर्वी क्षेत्रमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।
यस्तै सोमबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।