काठमाडौं- जसपासँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन्।
न्यौपानेले शनिबार पार्टीलाई एक पत्र लेख्दै अध्यक्ष ओलीले जनताको अपेक्षा विपरीत पार्टी कार्यकर्ताको मागलाई बेवास्ता गर्दै जसपासँग गठबन्धन गरेकाले आफू एमालेमा नरहने जनाएका छन्।
उनले भनेका छन्, 'जनताको हित नचाहने र भारतको इशारामा नेपालमा गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टीसँग गठबन्धन गरेकाले आजैकै मितिदेखि केन्द्रीय सदस्यबाट राजीनामा दिन्छु र स्वतन्त्र भई देश र जनताको हितमा काम गर्नेछु।'
न्यौपानेले मधेशमा साम्प्रदायिकता भड्काई नाकाबन्दी जस्ता घृणित कार्य गर्ने जसपासँग एउटा राष्ट्रवादी पार्टी एमालेका अध्यक्ष ओलीले गठजोड गरेको आरोप समेत लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।