• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

६ वर्ष जेल र ८ वर्ष निर्वासनमा बिताएका ९९ वर्षीय उम्मेदवार भन्छन्- अन्य दलले जनतालाई दुःख दिए

64x64
धनु विश्वकर्मा शनिबार, असोज २९, २०७९  १३:२९
1140x725

काठमाडौं- गोरखा–२ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेस बीपीका टीकादत्त पोखरेल यही कात्तिक १० गते शताब्दी पुरुष बन्दै छन्। मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धाको लागि मैदानमा उत्रिएका पोखरेल सबैभन्दा जेठा उम्मेदवार हुन्।

बुढ्यौलीले कान कम सुन्छन्, पोखरेल। तर, बोली भने प्रष्ट छ। यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, भर्खरै एमालेमा प्रवेश गरेका २९ वर्षका अब्दुस सलाम मिया लगायत १२ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

यसरी आफूभन्दा कान्छा अन्य ११ जनालाई निर्वाचनमार्फत उछिन्ने प्रयत्नमा छन्, पोखरेल। त्यसका लागि उनले आफ्नो उमेरलाई बाधक ठानेका छैनन्। भन्छन्, 'उमेरले फरक पार्दैन। कठोर दृढता चाहिन्छ।'

गोरखाको सिरानचोकमा विसं १९८० मा जन्मेका पोखरेल भने आफ्नो उम्मेदवारी प्रचण्ड विरुद्ध भएको बताउँछन्। त्यसको कारण पनि उनीसँग मौजुदा छ। ‘नेपालमा बीपीको प्रजातान्त्रिक मूल्य र मान्यतालाई प्रचण्डले लात हानेका छन्’, उनी भन्छन्।

नेपाली जनताले दिन प्रतिदिन भोगेको अन्याय सहन नसकेर आफू यो उमेरमा पनि विद्रोह गर्न निर्वाचनमा उठेको उनी बताउँछन्। ‘माओवादीले गोरखामा गरेको एकल शासनको विद्रोह पनि हो’, उनी भन्छन्।

जब सत्ता गठबन्धन बन्यो। त्यसपछि भने उनलाई प्रचण्डप्रति झनै आक्रोश बढ्यो। कांग्रेसले पार्टीको चाबी नै प्रचण्डलाई दिएको भन्दै बीपी कांग्रेसतिर लागे। तिनै प्रचण्ड घुमिफेरी गोरखा पुगे। प्रचण्डलाई सत्ता गठबन्धनको समर्थन छ।गोरखाबाटै निरन्तर उम्मेदवार बन्दै आएका डा बाबुराम भट्टराई यसपटक निर्वाचनमा उठेनन्। उनकी छोरी काठमाडौं- ७ बाट प्रतिस्पर्धामा छिन्। यो सबै आफूलाई मन नपरेकाले पनि चुनावी प्रतिस्पर्धामा सामेल भएको उनको भनाइ छ।

देउवाप्रति तीव्र आक्रोश
नेताहरुमा नीति सिद्धान्त भन्ने कुराको लोप हुँदै गएको पोखरेलको ठम्याइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई प्रचण्डको मातहत पुर्याएको आरोप उनको छ। भन्छन्, ‘बीपी कोइरालाले नेतृत्व गरेको कांग्रेस आज प्रचण्डको हातमा सुम्पे।’

आफू जस्ता पुराना नेताहरुले बीपीको विचारको जगेर्ना गर्न पनि यस्ता खालका विद्रोह आवश्यक रहेको उनको भनाइ छ।

Ncell 2
Ncell 2

प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुई पटक प्रतिनिधि सभा विघटन गरे। सर्वोच्च अदालतले पुनःस्थापित पनि गरिदियो। त्यसपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोबीच गठबन्धन भयो। यो गठबन्धन पोखरेललाई मन नपरेपछि उनी बीपी कांग्रेसतिर लागेका हुन्। ‘पार्टी, सिद्धान्त र विचार नमिल्ने प्रचण्डसँग कसरी देउवाले साँठगाँठ मिलाए?’, उनले भने,'त्यसैले म यो गलत कदमका विरुद्ध चुनावी मैदानमा छु।'

उनी बीपी कांग्रेसका केन्द्रीय सल्लाहकार सदस्य पनि हुन्।

‘२००५ सालमा घरमा खाना नपाएर खोले खाएर आन्दोलन गरेको हुँ’,उनी भन्छन्। २००७ सालमा प्रजातन्त्रको स्थापनाका लागि उनी लडे। उनी भन्छन्, ‘मैले २००७ सालमै गोली खाएको छु।’ त्यो आन्दोलन आफूहरुले नेपाली जनताको सुख र समृद्धिका लागि गरेको भए पनि त्यसो हुन नसकेको उनको तर्क छ।

बीपीले भनेको प्रजातन्त्र आउँदा सुकिला मुकिलाहरुको हालीमुहाली हुने भनाइ स्मरण गर्दै उनले आज पनि जनताको दैनिकीमा कुनै फरक नआएको बताए। प्रचण्डको अत्याचारलाई खप्न नसकेर आफू ९९ वर्षको उमेरमा पनि चुनाव लड्न अघि सरेको बताउने पोखरेल आफू निर्वाचित भए जनताको हक अधिकार सुनिश्चित गर्ने बताउँछन्। ‘प्रचण्डहरुले विभिन्न बहानामा जनतालाई दुःख मात्र दिएकोले मन थाम्नै नसकेर म चुनाव लड्न आएको हुँ’,उनी भन्छन्।

गोरखामा उम्मेदवारी दिएर चितवनमा पोखरेल
२०७४ को निर्वाचनमा प्रचण्डले चितवन- ३ बाटै जितेका थिए। अहिले प्रचण्ड गोरखामा पोखरेलसँगै चुनावी मैदानमा छन्।

गत आइतबार उम्मेदवारी दर्ता गराएर पोखरेल चितवन झरेका छन्। उनका छोराबुहारी चितवनमै बस्छन्। सबै जना चितवनमा बस्ने भएर यता आएको बताए। अबका केही दिनपछि चुनावको तयारी गर्न गोरखा जाने पोखरेलको योजना छ। 

जितमा ढुक्कसुनिन्छन्, पोखरेल। गोरखाका जनताले न्याय र अन्याय छुट्याउने उनको विश्वास छ। जनता न्यायालय भएको र जनताको फैसलालाई आफूले ग्रहण गर्ने उनको भनाइ छ। ‘बाबुराम प्रचण्ड मेरा छोराका उमेरका हुन्', उनी भन्छन्, ‘बाबुराम र प्रचण्डले सहिदको रगतमाथि राजनीति गरेका हुन्। म जिउँदो सहिद हुँ।’

कृष्णप्रसाद भट्टराईले माननीय दिँदा ईन्कार, अहिले आफैं उम्मेदवार!
२००७ सालदेखि नै पोखरेल राजनीतिक आन्दोलनमा होमिएका हुन्। बीपीको विचारलाई आत्मसात गर्दै आएका छन्। भन्छन्, ‘बीपीले सबैलाई समान व्यवहार गर्नु भन्नुभयो। मेलमिलाप जस्ता विचारलाई नेपालमा भित्र्याउनुभयो। अहिले कहाँ गयो?अहिलेका दलका नेताहरु जसरी पनि सत्ता भागबण्डा लगाएर पालैपालो खानका लागि राजनीति गर्दै आएका छन्', उनको आक्रोश छ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफूलाई माननीय (सांसद) बन्नका लागि प्रस्ताव गरेको उनी बताउँछन्। तर उनले जबसम्म जनता समृद्ध हुन सक्दैनन्, माननीय नहुने भनेर भट्टराईको प्रस्ताव इन्कार गरेको बताउँछन्। त्यतिबेला इन्कार गरेका पोखरेललाई अहिले भने किन उम्मेदवार बन्न मन लाग्यो त? पञ्चायतकालमै ६ वर्ष जेल र ८ वर्ष निर्वासनमा बिताएका पोखरेल भन्छन्, 'अन्य दलले जनतालाई दुःख दिए।'

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १३:२९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने उम्मेदवारी मनोनयनको मिति माघ ६ गते तोकिएको छ। यसअघि नै निर्वाचन आचारसंहिता २०८२ राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहिता प्रभावकारी... आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको निर्वाचन आयोग... आइतबार, माघ ४, २०८२
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्