• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

६ वर्ष जेल र ८ वर्ष निर्वासनमा बिताएका ९९ वर्षीय उम्मेदवार भन्छन्- अन्य दलले जनतालाई दुःख दिए

64x64
धनु विश्वकर्मा शनिबार, असोज २९, २०७९  १३:२९
1140x725

काठमाडौं- गोरखा–२ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेस बीपीका टीकादत्त पोखरेल यही कात्तिक १० गते शताब्दी पुरुष बन्दै छन्। मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धाको लागि मैदानमा उत्रिएका पोखरेल सबैभन्दा जेठा उम्मेदवार हुन्।

बुढ्यौलीले कान कम सुन्छन्, पोखरेल। तर, बोली भने प्रष्ट छ। यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, भर्खरै एमालेमा प्रवेश गरेका २९ वर्षका अब्दुस सलाम मिया लगायत १२ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

यसरी आफूभन्दा कान्छा अन्य ११ जनालाई निर्वाचनमार्फत उछिन्ने प्रयत्नमा छन्, पोखरेल। त्यसका लागि उनले आफ्नो उमेरलाई बाधक ठानेका छैनन्। भन्छन्, 'उमेरले फरक पार्दैन। कठोर दृढता चाहिन्छ।'

गोरखाको सिरानचोकमा विसं १९८० मा जन्मेका पोखरेल भने आफ्नो उम्मेदवारी प्रचण्ड विरुद्ध भएको बताउँछन्। त्यसको कारण पनि उनीसँग मौजुदा छ। ‘नेपालमा बीपीको प्रजातान्त्रिक मूल्य र मान्यतालाई प्रचण्डले लात हानेका छन्’, उनी भन्छन्।

नेपाली जनताले दिन प्रतिदिन भोगेको अन्याय सहन नसकेर आफू यो उमेरमा पनि विद्रोह गर्न निर्वाचनमा उठेको उनी बताउँछन्। ‘माओवादीले गोरखामा गरेको एकल शासनको विद्रोह पनि हो’, उनी भन्छन्।

जब सत्ता गठबन्धन बन्यो। त्यसपछि भने उनलाई प्रचण्डप्रति झनै आक्रोश बढ्यो। कांग्रेसले पार्टीको चाबी नै प्रचण्डलाई दिएको भन्दै बीपी कांग्रेसतिर लागे। तिनै प्रचण्ड घुमिफेरी गोरखा पुगे। प्रचण्डलाई सत्ता गठबन्धनको समर्थन छ।गोरखाबाटै निरन्तर उम्मेदवार बन्दै आएका डा बाबुराम भट्टराई यसपटक निर्वाचनमा उठेनन्। उनकी छोरी काठमाडौं- ७ बाट प्रतिस्पर्धामा छिन्। यो सबै आफूलाई मन नपरेकाले पनि चुनावी प्रतिस्पर्धामा सामेल भएको उनको भनाइ छ।

देउवाप्रति तीव्र आक्रोश
नेताहरुमा नीति सिद्धान्त भन्ने कुराको लोप हुँदै गएको पोखरेलको ठम्याइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई प्रचण्डको मातहत पुर्याएको आरोप उनको छ। भन्छन्, ‘बीपी कोइरालाले नेतृत्व गरेको कांग्रेस आज प्रचण्डको हातमा सुम्पे।’

आफू जस्ता पुराना नेताहरुले बीपीको विचारको जगेर्ना गर्न पनि यस्ता खालका विद्रोह आवश्यक रहेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुई पटक प्रतिनिधि सभा विघटन गरे। सर्वोच्च अदालतले पुनःस्थापित पनि गरिदियो। त्यसपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोबीच गठबन्धन भयो। यो गठबन्धन पोखरेललाई मन नपरेपछि उनी बीपी कांग्रेसतिर लागेका हुन्। ‘पार्टी, सिद्धान्त र विचार नमिल्ने प्रचण्डसँग कसरी देउवाले साँठगाँठ मिलाए?’, उनले भने,'त्यसैले म यो गलत कदमका विरुद्ध चुनावी मैदानमा छु।'

उनी बीपी कांग्रेसका केन्द्रीय सल्लाहकार सदस्य पनि हुन्।

‘२००५ सालमा घरमा खाना नपाएर खोले खाएर आन्दोलन गरेको हुँ’,उनी भन्छन्। २००७ सालमा प्रजातन्त्रको स्थापनाका लागि उनी लडे। उनी भन्छन्, ‘मैले २००७ सालमै गोली खाएको छु।’ त्यो आन्दोलन आफूहरुले नेपाली जनताको सुख र समृद्धिका लागि गरेको भए पनि त्यसो हुन नसकेको उनको तर्क छ।

बीपीले भनेको प्रजातन्त्र आउँदा सुकिला मुकिलाहरुको हालीमुहाली हुने भनाइ स्मरण गर्दै उनले आज पनि जनताको दैनिकीमा कुनै फरक नआएको बताए। प्रचण्डको अत्याचारलाई खप्न नसकेर आफू ९९ वर्षको उमेरमा पनि चुनाव लड्न अघि सरेको बताउने पोखरेल आफू निर्वाचित भए जनताको हक अधिकार सुनिश्चित गर्ने बताउँछन्। ‘प्रचण्डहरुले विभिन्न बहानामा जनतालाई दुःख मात्र दिएकोले मन थाम्नै नसकेर म चुनाव लड्न आएको हुँ’,उनी भन्छन्।

Xtrem

Xtrem

गोरखामा उम्मेदवारी दिएर चितवनमा पोखरेल
२०७४ को निर्वाचनमा प्रचण्डले चितवन- ३ बाटै जितेका थिए। अहिले प्रचण्ड गोरखामा पोखरेलसँगै चुनावी मैदानमा छन्।

गत आइतबार उम्मेदवारी दर्ता गराएर पोखरेल चितवन झरेका छन्। उनका छोराबुहारी चितवनमै बस्छन्। सबै जना चितवनमा बस्ने भएर यता आएको बताए। अबका केही दिनपछि चुनावको तयारी गर्न गोरखा जाने पोखरेलको योजना छ। 

जितमा ढुक्कसुनिन्छन्, पोखरेल। गोरखाका जनताले न्याय र अन्याय छुट्याउने उनको विश्वास छ। जनता न्यायालय भएको र जनताको फैसलालाई आफूले ग्रहण गर्ने उनको भनाइ छ। ‘बाबुराम प्रचण्ड मेरा छोराका उमेरका हुन्', उनी भन्छन्, ‘बाबुराम र प्रचण्डले सहिदको रगतमाथि राजनीति गरेका हुन्। म जिउँदो सहिद हुँ।’

कृष्णप्रसाद भट्टराईले माननीय दिँदा ईन्कार, अहिले आफैं उम्मेदवार!
२००७ सालदेखि नै पोखरेल राजनीतिक आन्दोलनमा होमिएका हुन्। बीपीको विचारलाई आत्मसात गर्दै आएका छन्। भन्छन्, ‘बीपीले सबैलाई समान व्यवहार गर्नु भन्नुभयो। मेलमिलाप जस्ता विचारलाई नेपालमा भित्र्याउनुभयो। अहिले कहाँ गयो?अहिलेका दलका नेताहरु जसरी पनि सत्ता भागबण्डा लगाएर पालैपालो खानका लागि राजनीति गर्दै आएका छन्', उनको आक्रोश छ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफूलाई माननीय (सांसद) बन्नका लागि प्रस्ताव गरेको उनी बताउँछन्। तर उनले जबसम्म जनता समृद्ध हुन सक्दैनन्, माननीय नहुने भनेर भट्टराईको प्रस्ताव इन्कार गरेको बताउँछन्। त्यतिबेला इन्कार गरेका पोखरेललाई अहिले भने किन उम्मेदवार बन्न मन लाग्यो त? पञ्चायतकालमै ६ वर्ष जेल र ८ वर्ष निर्वासनमा बिताएका पोखरेल भन्छन्, 'अन्य दलले जनतालाई दुःख दिए।'

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १३:२९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्