• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘जब घरमा राक्षस पस्यो, अनि ज्यान जोगाउन सडकमा आयौं’

डम्मर बुढामगर/रासस शनिबार, असोज २९, २०७९  १०:२२
1140x725

ढोरपाटन– बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ। छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला। त्यही छाप्रोमा बस्छन् ६७ वर्षीय देवीराम दर्जीको परिवार। काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन।

देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ। ढोरपाटन नगरपालिका–२ दुलेमा बस्ने दर्जी परिवारको अवस्था निकै दयनीय छ। छाप्रो बनाएको ठाउँ पनि देवीरामको होइन।

सार्वजनिक ठाउँ भए पनि नजिक जग्गा हुनेले आफ्नो दाबी गर्दै छोड्न दबाब दिन्छन्। उनको श्रीसम्पत्ति ढोरपाटन नगरपालिका–३ सामागाउँमा छ। गाउँमा एउटा घर, गोठ र केही जग्गा जमिन पनि छ। तर उनी कहिल्यै त्यो घरमा जाँदैनन्। घर सम्झिँदा पनि उनी झसङ्ग झस्किन्छन्। 

उनी झस्किनुको कारण अन्धविश्वास हो। तीन वर्षमा परिवारका आठ सदस्यको मृत्यु भएपछि दर्जीले घर अशुभ भएको भन्दै नौ वर्ष अगाडि परिवार लिएर गाउँ छाडेका थिए। 

दर्जी भन्छन्, ‘तीन वर्षमा मेरो तीन भाइ छोरा, दुई बहिनी छोरी, आमाबाबु र छ वर्षको भतिजी मरे, मेरो छोराछोरी ठुल्ठूलै भएर मरे, त्यो सम्झिँदा मन भक्कानिन्छ, म त निकै ठूलो पिर परेर घरबारी छाडेर यो बाटोमा आएको हुँ।’

घरमा वर्षैपिच्छे दुई जना परिवारका सदस्यको मृत्यु भएपछि ज्योतिषकहाँ गएको र ज्योतिषले घरमा राक्षसले बास गरेको छ भनेपछि घर छाडेको उनी बताउँछन्। 

'राक्षसकाे बास'

‘घरमा वर्ष दिन नबित्दै तीन छोराछोरी मरे, तीन वर्षमा आठ जना आफन्त गुमाएँ, मलाई जति पिर कसलाई परेको होला त्यो बेला?’, दर्जीले भने, ‘अति भयो र काठमाडौंमा ज्योतिषलाई हात हेराउन गएँ, ज्योतिषले घरमा राक्षसले बास गरेको छ, अरुको पनि मरान लिन्छ भन्नुभयो, छोरा र श्रीमती पनि डराए, घर अशुभ रैछ त्यही भएर गाउँ नै छाडेर हिँडेको हुँ।’

Ncell 2
Ncell 2
nimb
nimb

अहिले दर्जीका कान्छा छोरा, जेठी र साइली छोरी जीवितै छन्। छोरीहरू विवाह गरेर आफ्नो घरमा छन् भने कान्छा छोरासहित श्रीमती, नाति, नातिनी र बुहारी उनीसँगै बस्दै आएका छन्। दर्जीलाई छ जनाको परिवार पाल्न अहिले हम्मेहम्मे भएको छ। घर सडक छेऊमा हुँदा गाडी गुड्दा हिलो र धुलोले ढाकिने गर्छ।

उनी भन्छन्,  ‘आफ्नो भएभरको घर सम्पत्ति सबै छाडेर यहाँ आइयो, यस्तो बाटोको छेऊमा छ छाप्रो पनि, गाडी चल्दा बर्खामा हिलो छ्याप्छन्, हिउँदमा धुलो उडाउँदै जान्छन्, कसलाई के भन्ने?, यस्तो ठाउँमा बसेर होला सबैले हेला गर्छन्, बूढेसकाल लाग्यो, काम गरी खान पनि सकिन्नँ।’

दर्जीले अहिलेसम्म आफूले गिट्टी कुटेर, बालुवा बोकेर र मादल बेचेर परिवार चलाउँदै आएको भन्दै आफ्नो बूढेसकाल लागेपछि परिवार पाल्न गाह्रो भएको बताए। छोराले पनि काम नपाएर यत्तिकै घरमा बस्ने गरेको भन्दै आफूलाई कसैले सहयोग नगरेको गुनासो गरे। 

‘अहिले त बूढेसकाल लागेछ, काम गर्न पनि गाह्रो हुन्छ, अहिलेसम्म गिट्टी, बालुवा कुटेर परिवार पालेँ, अब गाह्रो होलाजस्तो लाग्छ, छोरा छ, उसले पनि कामै पाउँदैन, काम पाए त उसले कमाएर ल्याउँथ्यो होला’, दर्जीले भने, ’म गरिब दुःखी हुँ, मलाई कसैले पनि सहयोग गरेको छैन, परिवार पाल्न गाह्रो भएको छ, केही सहयोग गरे त सजिलो हुन्थ्यो, नगरपालिका भन्छन्, गाउँपालिका भन्छन् तर हाम्लाई कसैले सहयोग गर्दैनन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दर्जीकी श्रीमती मीना पुरानो घरमा बसेको भए आफूहरू पनि अहिलेसम्म जिउँदो नरहने बताउँछिन्। ‘हामी नौ वर्ष पहिले घर छाडेर यहाँ आएको हौं, त्यसबेला घर नछाडेको भए अहिलेसम्म हामीहरु जिउँदो रहने थिएनौं, अझै पहिले नै घर छाडेका भए हाम्रा छोराछोरी पनि बाँच्ने रहेछन्, ढिलो बुद्धि आयो’, उनी भन्छिन्, ’ज्योतिषले अशुभ नभनेको भए अहिलेसम्म हामीहरू सबै मरिसक्थ्यौं होला।’

दर्जीले सडक छेऊमा बस्न निकै गाह्रो भएको अनुभव सुनाइन्। उनी बाटोमा दिनरात गाडी चल्ने हुँदा थाकेर सुत्दा पनि गाडीको आवाजले निदाउन नसक्ने बताउँछिन्। ‘यस्तो ठाउँमा छ घर, घर पनि के भनौं यस्तो छ, जतिबेला पनि गाडी चल्छन्, दिउँसभरि काम गरेर थकाइ लाग्छ, राति गाडीको आवाजले निदाउँनै दिँदैन’, उनी भन्छिन्। 
 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! बीमा तथा नवीकरणमा सहजता : सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन। सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल... सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धानमामात्र अनुसन्धान  अघि बढाएको थिय... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्