काठमाडौं– सामान्यत: अक्टुबर २ तारिखमा बाहिरिने मनसुन यसवर्ष दुई साता लम्बिएर बाहिरिने चरणमा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहको छ। अब औपचारिक रुमा मनसुन बाहिरिएको घोषणा गर्ने तयारी गरिरहेको महाशाखाले जनाएको छ।
अहिले कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा चट्याङसहित सामान्य पानी सम्भावना रहेको छ। राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।