• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संक्रमणकालीन आयोगको म्याद फेरि थपियो, आउँदो असार मसान्तसम्म कायम हुने

64x64
नेपाल लाइभ शुक्रबार, असोज २८, २०७९  १७:४७
1140x725

काठमाडौं– सरकारले  संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको म्याद थप गर्ने निर्णय गरेको छ। विद्यमान  ऐन संशोधन गर्न सरकारले विधेयक ल्याएपनि पारित हुन नसकेपछि  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थप गरेको हो। 

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम दुवै आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउने आदेश जारी गरेको हो।

अब दुवै आयोगको म्याद २०८० असार मसान्तसम्म कायम हुने भएको छ। सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि २०८० असार मसान्तसम्म थप गर्ने बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको जानकारी दिए। 

सरकारले लामो समय लगाएर ऐन संशोधनको प्रयास गरेको थियो। सरकारले ल्याएको विधेयक प्रमुख प्रतिपक्ष लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विरोध भएपछि रोकिएको थियो। उक्त विधेयक प्रतिनिधि सभामा पेस भएको थियो। प्रतिनिधि सभामा पेस भएको विधेयक संसद्को मानव अधिकार समितिमा पुगेर रोकिएको थियो।

उक्त विधेयकलाई अन्तिम समयसम्म सरकारले अघि बढाउने प्रयास गरेको थियो। सरकारका तर्फबाट तत्कालीन कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले विधेयकमा साझा धारणा बनाउने प्रयास समितिमा पनि गरेका थिए। तर, समितिमा जघन्य अपराध र अन्य अपराध गरेर विभाजन गर्ने कुरामा दलहरुका बीचमा कुरा मिल्न नसकेपछि अलत्रप परेको थियो। 

nimb
nimb

असोज १ गतेपनि संसद्को कार्यकाल नै समाप्त भएपछि उक्त विधेयक समितिमै वेबारिसे भएको थियो। २०५२ देखि २०६२ सम्म चलेको दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भएको मानव अधिकार उल्लंघनका घटनाहरुमा छानविन गरि सिफारिस गर्न आयोगहरू गठन भएका थिए। सुरुमा ६ महिनामा आयोग गठन गर्ने भनिएपछि लामो समय गठन नै हुन सकेन। पछि दलहरुलाई अन्तर्राष्ट्रिय रुपमा समस्या आउन थालेपछि दुई वटा आयोग गठन भएका थिए।

उक्त आयोग गठनका लागि निर्माण भएको कानुन पनि विवादमा परेपछि सर्वोच्चले केही बुँदा खारेज पनि गर्‍यो। तर, हालसम्म उक्त ऐन संशोधन हुन सकेको छैन। आयोग गठनपछि सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६० हजार र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगमा ३० हजार उजुरी परेको थियो। 

ती उजुरीमाथि सामान्य अनुसन्धान भने आयोगले गरिरहेका छन्।  सरकारले यसअघि पनि आयोगको म्याद सकिन लागेकोमा तीन महिना थप गरेको थियो। छोटो समय म्याद थप गरे कानुन संशोधनको प्रक्रिया अघि बढाएको थियो। 

२०७१ मा दुई वर्ष म्याद राखेर आयोग गठन भएपनि आयोगले चार वर्षसम्म काम गर्न नसकेर नयाँ पदाधिकारी नियुक्त भएका थिए।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ?
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार
रविले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र गगनसहितका शीर्ष नेता सहभागी
सम्बन्धित सामग्री
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? यसैबीच सामाजिक सञ्जाल र केही अनौपचारिक माध्यमहरूमा चीनतर्फको बाँध फुटेको र चीनले पूर्वसूचना नदिएका कारण नेपालमा क्षति भएको भन्ने दाब... बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन बिहीबार बिहान साढे ६ बजेदेखि नै ती हेलिकप्टरहरूलाई ’स्ट्यान्डबाइ’ राखिएको हो भने बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकप्टरहरू यसअ... बिहीबार, भदौ ११, २०८३
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार जनैपूर्णिमाका लागि गोसाईंकुण्ड गएका १८ देखि २० वटा यात्रुवाहक... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
रविले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र गगनसहितका शीर्ष नेता सहभागी बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन बिहीबार, भदौ ११, २०८३
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्