फाइल तस्बिर
कालीकोट– पाँच दिनअघि कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी गएर बेपत्ता भएका १३ जनालाई पहिरोले बगाएको पुष्टि भएको छ।
गत शनिबार मृत्यु भएका स्थानीय हेमराज शाहीको आइतबार मलामी गएका १३ जना बेपत्ता भएका थिए। लाश जलाउँदै गर्दा माथिबाट खसेको पहिरोमा परी उनीहरु तीला नदीमा बेप्ता भएको प्रहरीले निष्कर्ष निकालेको छ।
प्रहरीले उनीहरुलाई पहिरोले बगाएको पुष्टि गरे पनि हालसम्म अवस्था ज्ञात हुन भने सकेको छैन।
प्रहरीले बेपत्ताहरुको खोजी जारी राखेको छ। यस्तै तिलागुफाकै अर्को ठाउँमा पहिरोमा परी बेपत्ता भएका थप तीन जना र काँडाचक्र नगरपालिकाका एक जना अझै बेपत्ता रहेका छन्। उनीहरुको अवस्था पनि अहिलेसम्म ज्ञात हुन सकेको छैन।
एक हप्ताअघि पहिरोमा परी जिल्लामा २३ जना बेपत्ता रहेका थिए। उनीहरुमध्ये हालसम्म ६ जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।