काठमाडौं- नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसन बिहीबार काठमाडौं आइपुगेका छन्।
निर्वतमान राजदूत र्यान्डी बेरीको कार्यकाल सकिएपछि बाइडेन प्रशासनले थम्पसनलाई नेपालका लागि नयाँ राजदूतका रुपमा पठाएको हो।
थम्पसनलाई काठमाडौंस्थित अमेरिकी नियोगका उच्च कर्मचारीले स्वागत गरेका थिए। उनले केही दिनमा राष्ट्रपति विद्या भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएर औपचारिक रुपमा पद बहाली गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।