• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दाङ- १ मा तीन पूर्व सहकर्मीको लडाइँ: शान्तालाई गंगाको डर, मेटमणिलाई गठबन्धनको भर

64x64
धनु विश्वकर्मा बिहीबार, असोज २७, २०७९  २०:२६
1140x725

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दाङ- १ बाट तीन जना पूर्व सहकर्मी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं शहरी विकास मन्त्री मेटमणि चौधरी, नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरी र एमाले नेतृ तथा सांसद गंगा चौधरी सत्गौवाबीच प्रतिस्पर्धा हुने भएको छ।

यी तीनै उम्मेदवार एमालेका पूर्व सहकर्मी हुन्। मेटमणि एमाले विभाजनसँगै एकीकृत समाजवादीमा लागेका हुन् भने शान्ता एमालेमै छिन्।

गंगा एमालेबाट शान्ताले टिकट पाएपछि स्वतन्त्र उम्मेदवार बनेकी छिन्। उनलाई हाम्रो नेपाली पार्टीको समर्थन छ। २०७४ मा मेटमणिका लागि मत मागेका शान्ता र गंगा यो पटक आफैं चुनावमा होमिएका हुन्।

यसअघिको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट मेटमणिले ३७ हजार ९०८ मतसहित जित हासिल गरेका थिए। नेपाली कांग्रेसकी सुशीला चौधरी २४ हजार ७४ मत ल्याउँदै मेटमणिसँग पराजित भएकी थिइन्।

शान्ता र गंगा २०६४ र २०७४ का समानुपातिक सांसद हुन्।

तीन जना पूर्व सहकर्मी र तिनै जना सांसदको भिडन्त निकै रोचक हुने देखिएको छ। तर शान्ता र गंगाबीचको खटपटले मेटमणिलाई लाभ हुने विश्लेषकहरुले बताएका छन्।

शान्तालाई गंगाको डर, मेटमणिलाई गठबन्धनको भर
एमाले दाङले उम्मेदवारका लागि गंगा र शान्ताकै नाम सिफारिस गरेको थियो। तर आफूले टिकट नपाउने पक्का भएपछि गंगाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिन्। उनले लेखिन्, 'आज मैले ठिक निर्णय गरें या बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहने छु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन्। देशलाई शीरमाथि राखेर आज जनताकहाँ जाँदैछु।' गंगाले शान्ता विरुद्ध उम्मेदवारी दिने घोषणा गरेपछि एमालेमा तरंग ल्याएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

केही दिन अगाडि शान्तासँग फोटो शेयर गर्दै गंगाले हामी दुई दिदीबहिनीमा पार्टीले जसलाई टिकट दिए पनि एक भएर जाने बताएकी थिइन्। तर सहकर्मीले एकाएक धोका दिएपछि शान्तालाई थप चुनौती हुने देखिन्छ। 

सत्ता-गठबन्धनका साझा उम्मेदवार मेटमणि बहालवाला मन्त्री समेत हुन्। २०७४ को निर्वाचनमा करिब १३ हजार मतान्तरले जितेका चौधरीलाई अहिले कांग्रेस र माओवादीको समर्थन रहेको छ। 

स्थानीय तहको अवस्था
दाङ - १ मा राजपुर नगरपालिका, गढवा नगरपालिका, राप्ती गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिका पर्छन्। राजपुरको १, २, ३, ४, ५, ६ र ७ वडा यस क्षेत्रमा पर्छन्। त्यस्तै घोराहीको १, २, ३ र ५ वडा यस क्षेत्रमा पर्छन्।

२०७९ को स्थानीय निर्वाचनमा यस क्षेत्रको वडाको मतलाई मात्र जोड्दा भने एमालेको २१ हजार ३७०, कांग्रेस १९ हजार ८३९, माओवादी १२ हजार ९२५ र समाजवादीको २ हजार ८४ मत छ। सत्ता गठबन्धनको मत जोड्दा मेटमणिलाई सहज देखिन्छ।

ओलीको आलोचनाले चर्चामा आएका मेटमणि 
जब केपी ओलीले संसद् विघटन गरे तब मेटमणि ओली विरुद्ध खरो उत्रिए। पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको खरो आलोचना गर्न थालेपछि उनले चर्चा बटुले। पार्टी भित्रै पनि उनी फरक विचार राख्दै आएका थिए।

स्थानीय तहको निर्वाचनमा पनि एमाले सकिन्छ भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिए मेटमणिले। ओली लाइनबाटै उदाएका मेटमणि ओलीकै आलोचक भएर समाजवादी खेमामा पुगेका हुन्।

शान्ताको संघर्ष : कमलरीदेखि सांसदसम्म
शान्ता कमलरीबाट सभासद हुने पहिलो व्यक्ति हुन्। उनी पहिलो पटक २०६४ मा नेकपा एमालेबाट समानुपातिक कोटाबाट सभासद चुनिएकी थिइन्। २०७४ मा पनि दोस्रो पटक उनी समानुपातिक सांसद भइन्।

दाङ, लक्ष्मीपुर निवासी शान्ताले आठ वर्षको उमेरदेखि २५ वर्षसम्म जमिन्दारको घरमा कमलरी बसेर विना पैसा काम गरेकी थिइन्। त्यसपछि उनी विद्रोह गरी सामाजिक कार्यमा सक्रिय भएकी हुन्।

कमलरीबाट उम्किएपछि उनले अरु १७ जना कमलरीलाई आफैंले मुक्त गराई शिक्षाको समेत व्यवस्था गराएकी थिइन्। शान्ताले औपचारिक शिक्षा सांसद भइसकेपछि मात्र लिएकी हुन्। 

दल बदल्ने र विवादास्पद अभिव्यक्ति दिने गंगा
प्रतिनिधि सभामा नेकपा एमालेका केही सक्रिय सांसदमध्ये अग्रपंक्तिमा थिइन् गंगा। सार्वजनिक चर्चामा आएका र नआएका अनेक विषयमा उनी आफ्नो धारणा राखिरहन्थिन्।

संसद् बाहिर पनि सार्वजनिक सञ्चार माध्यममा उनी अभिव्यक्ति दिइरहन्छिन्। विवादमा आइरहने नेतामा पर्छिन् उनी।

गंगाले प्रतिनिधि सभाको रोस्ट्रमबाटै तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई 'ओठमा लिपिस्टिक लगाएर सुन्दरी बन्न चाहनुहुन्छ’ भन्दै 'पाठ पढाएको’ प्रसंग होस् वा 'मन मिल्दा लभको संज्ञा दिने, मन नमिल्दा बलात्कार’ भन्दै बलात्कारबारे व्यक्त गरेको असंवेदनशील अभिव्यक्ति होस्, सदनमा उनको सक्रियताको छनक पाउन सकिन्छ। 

एमालेबाट राजनीतिक यात्रा २०४९ मै सुरु गरेकी थिइन्। तर थरुहट मधेश आन्दोलनपछि भने उनले एमाले परित्याग गरिन्। २०६४ मा संयुक्त थारु मोर्चाको उपाध्यक्ष बनिन्। २०६८ मा थरुहट तराई पार्टी नेपालको उपाध्यक्ष तथा महिला विभाग प्रमुख भइन्। सोही पार्टीबाट २०७० सालदेखि गंगाको सदन यात्रा सुरु भयो।

२०७० मा सम्पन्न संविधान सभा निर्वाचनमा थरुहट तराई पार्टी नेपालबाट दुई जना समानुपातिक सांसद् भएका थिए। तीमध्ये एक थिइन् गंगा। सो पार्टीबाट सभासद् रहेकै अवस्थामा उनी डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीसँग जोडिइन्।

२०७२ सालमा नयाँ संविधान जारी भयो। 'थ्रेस होल्ड’को व्यवस्थासँगै साना पार्टीहरुको सदन यात्रा कठिन हुने निश्चित भयो। उनी भने नयाँ शक्ति र एमालेको समानुपातिक सूचीमा अटाइन्।

एउटै व्यक्ति दुई वा सोभन्दा बढी पार्टीको समानुपातिक सूचीमा राख्न नमिल्ने भएपछि उनी एमालेको सूचीमा मात्रै रहिन्। औपचारिक रुपमा पार्टी प्रवेश नगर्दै उनी एमाले समानुपातिक उम्मेदवार भइसकेकी थिइन्। निर्वाचनपछि त सांसद् नै भइन्।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  २०:२६
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ पहिलो नम्बरमा शुक्रबार, साउन २९, २०८३
छिट्टै पीडित र उत्पीडित नागरिकको साझा पार्टी बनाउने दुर्गा प्रसाईंको दाबी शुक्रबार, साउन २९, २०८३
पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्