• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
दाङ- १ मा तीन पूर्व सहकर्मीको लडाइँ: शान्तालाई गंगाको डर, मेटमणिलाई गठबन्धनको भर
64x64
धनु विश्वकर्मा बिहीबार, असोज २७, २०७९  २०:२६
1140x725

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दाङ- १ बाट तीन जना पूर्व सहकर्मी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं शहरी विकास मन्त्री मेटमणि चौधरी, नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरी र एमाले नेतृ तथा सांसद गंगा चौधरी सत्गौवाबीच प्रतिस्पर्धा हुने भएको छ।

यी तीनै उम्मेदवार एमालेका पूर्व सहकर्मी हुन्। मेटमणि एमाले विभाजनसँगै एकीकृत समाजवादीमा लागेका हुन् भने शान्ता एमालेमै छिन्।

गंगा एमालेबाट शान्ताले टिकट पाएपछि स्वतन्त्र उम्मेदवार बनेकी छिन्। उनलाई हाम्रो नेपाली पार्टीको समर्थन छ। २०७४ मा मेटमणिका लागि मत मागेका शान्ता र गंगा यो पटक आफैं चुनावमा होमिएका हुन्।

यसअघिको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट मेटमणिले ३७ हजार ९०८ मतसहित जित हासिल गरेका थिए। नेपाली कांग्रेसकी सुशीला चौधरी २४ हजार ७४ मत ल्याउँदै मेटमणिसँग पराजित भएकी थिइन्।

शान्ता र गंगा २०६४ र २०७४ का समानुपातिक सांसद हुन्।

तीन जना पूर्व सहकर्मी र तिनै जना सांसदको भिडन्त निकै रोचक हुने देखिएको छ। तर शान्ता र गंगाबीचको खटपटले मेटमणिलाई लाभ हुने विश्लेषकहरुले बताएका छन्।

शान्तालाई गंगाको डर, मेटमणिलाई गठबन्धनको भर
एमाले दाङले उम्मेदवारका लागि गंगा र शान्ताकै नाम सिफारिस गरेको थियो। तर आफूले टिकट नपाउने पक्का भएपछि गंगाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिन्। उनले लेखिन्, 'आज मैले ठिक निर्णय गरें या बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहने छु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन्। देशलाई शीरमाथि राखेर आज जनताकहाँ जाँदैछु।' गंगाले शान्ता विरुद्ध उम्मेदवारी दिने घोषणा गरेपछि एमालेमा तरंग ल्याएको थियो।

Ncell 2
Ncell 2

केही दिन अगाडि शान्तासँग फोटो शेयर गर्दै गंगाले हामी दुई दिदीबहिनीमा पार्टीले जसलाई टिकट दिए पनि एक भएर जाने बताएकी थिइन्। तर सहकर्मीले एकाएक धोका दिएपछि शान्तालाई थप चुनौती हुने देखिन्छ। 

सत्ता-गठबन्धनका साझा उम्मेदवार मेटमणि बहालवाला मन्त्री समेत हुन्। २०७४ को निर्वाचनमा करिब १३ हजार मतान्तरले जितेका चौधरीलाई अहिले कांग्रेस र माओवादीको समर्थन रहेको छ। 

स्थानीय तहको अवस्था
दाङ - १ मा राजपुर नगरपालिका, गढवा नगरपालिका, राप्ती गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिका पर्छन्। राजपुरको १, २, ३, ४, ५, ६ र ७ वडा यस क्षेत्रमा पर्छन्। त्यस्तै घोराहीको १, २, ३ र ५ वडा यस क्षेत्रमा पर्छन्।

२०७९ को स्थानीय निर्वाचनमा यस क्षेत्रको वडाको मतलाई मात्र जोड्दा भने एमालेको २१ हजार ३७०, कांग्रेस १९ हजार ८३९, माओवादी १२ हजार ९२५ र समाजवादीको २ हजार ८४ मत छ। सत्ता गठबन्धनको मत जोड्दा मेटमणिलाई सहज देखिन्छ।

ओलीको आलोचनाले चर्चामा आएका मेटमणि 
जब केपी ओलीले संसद् विघटन गरे तब मेटमणि ओली विरुद्ध खरो उत्रिए। पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको खरो आलोचना गर्न थालेपछि उनले चर्चा बटुले। पार्टी भित्रै पनि उनी फरक विचार राख्दै आएका थिए।

स्थानीय तहको निर्वाचनमा पनि एमाले सकिन्छ भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिए मेटमणिले। ओली लाइनबाटै उदाएका मेटमणि ओलीकै आलोचक भएर समाजवादी खेमामा पुगेका हुन्।

शान्ताको संघर्ष : कमलरीदेखि सांसदसम्म
शान्ता कमलरीबाट सभासद हुने पहिलो व्यक्ति हुन्। उनी पहिलो पटक २०६४ मा नेकपा एमालेबाट समानुपातिक कोटाबाट सभासद चुनिएकी थिइन्। २०७४ मा पनि दोस्रो पटक उनी समानुपातिक सांसद भइन्।

दाङ, लक्ष्मीपुर निवासी शान्ताले आठ वर्षको उमेरदेखि २५ वर्षसम्म जमिन्दारको घरमा कमलरी बसेर विना पैसा काम गरेकी थिइन्। त्यसपछि उनी विद्रोह गरी सामाजिक कार्यमा सक्रिय भएकी हुन्।

कमलरीबाट उम्किएपछि उनले अरु १७ जना कमलरीलाई आफैंले मुक्त गराई शिक्षाको समेत व्यवस्था गराएकी थिइन्। शान्ताले औपचारिक शिक्षा सांसद भइसकेपछि मात्र लिएकी हुन्। 

दल बदल्ने र विवादास्पद अभिव्यक्ति दिने गंगा
प्रतिनिधि सभामा नेकपा एमालेका केही सक्रिय सांसदमध्ये अग्रपंक्तिमा थिइन् गंगा। सार्वजनिक चर्चामा आएका र नआएका अनेक विषयमा उनी आफ्नो धारणा राखिरहन्थिन्।

संसद् बाहिर पनि सार्वजनिक सञ्चार माध्यममा उनी अभिव्यक्ति दिइरहन्छिन्। विवादमा आइरहने नेतामा पर्छिन् उनी।

गंगाले प्रतिनिधि सभाको रोस्ट्रमबाटै तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई 'ओठमा लिपिस्टिक लगाएर सुन्दरी बन्न चाहनुहुन्छ’ भन्दै 'पाठ पढाएको’ प्रसंग होस् वा 'मन मिल्दा लभको संज्ञा दिने, मन नमिल्दा बलात्कार’ भन्दै बलात्कारबारे व्यक्त गरेको असंवेदनशील अभिव्यक्ति होस्, सदनमा उनको सक्रियताको छनक पाउन सकिन्छ। 

एमालेबाट राजनीतिक यात्रा २०४९ मै सुरु गरेकी थिइन्। तर थरुहट मधेश आन्दोलनपछि भने उनले एमाले परित्याग गरिन्। २०६४ मा संयुक्त थारु मोर्चाको उपाध्यक्ष बनिन्। २०६८ मा थरुहट तराई पार्टी नेपालको उपाध्यक्ष तथा महिला विभाग प्रमुख भइन्। सोही पार्टीबाट २०७० सालदेखि गंगाको सदन यात्रा सुरु भयो।

२०७० मा सम्पन्न संविधान सभा निर्वाचनमा थरुहट तराई पार्टी नेपालबाट दुई जना समानुपातिक सांसद् भएका थिए। तीमध्ये एक थिइन् गंगा। सो पार्टीबाट सभासद् रहेकै अवस्थामा उनी डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीसँग जोडिइन्।

२०७२ सालमा नयाँ संविधान जारी भयो। 'थ्रेस होल्ड’को व्यवस्थासँगै साना पार्टीहरुको सदन यात्रा कठिन हुने निश्चित भयो। उनी भने नयाँ शक्ति र एमालेको समानुपातिक सूचीमा अटाइन्।

एउटै व्यक्ति दुई वा सोभन्दा बढी पार्टीको समानुपातिक सूचीमा राख्न नमिल्ने भएपछि उनी एमालेको सूचीमा मात्रै रहिन्। औपचारिक रुपमा पार्टी प्रवेश नगर्दै उनी एमाले समानुपातिक उम्मेदवार भइसकेकी थिइन्। निर्वाचनपछि त सांसद् नै भइन्।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  २०:२६
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। बिहीबार, असोज ९, २०८२
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्