• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १७, २०८३ Thu, Apr 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यी १६ क्षेत्रमा हुँदैछ रोचक निर्वाचन, जहाँ भिड्दैछन् एमाले र पूर्वएमाले

64x64
धनु विश्वकर्मा शुक्रबार, असोज २८, २०७९  १९:२९
1140x725

काठमाडौं– गत वर्ष एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीको गठन भयो। जुन पार्टी अहिले नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा आवद्ध छ।

सरकारले मंसिर ४ गतेका लागि चुनाव घोषणा गरेसँगै देश चुनावमय भइरहेको छ। निर्वाचन आयोगले बुधबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिसकेको छ। दल तथा उम्मेदवारहरु प्रचारप्रसारका काममा तीब्र गतिमा लागेका छन्।

यसरी चुनावी प्रचारमा लाग्ने मात्र होइन आफ्नै पूर्वसहकर्मीहरु एकअर्काका प्रतिस्पर्धी बन्ने अवस्था पनि छ। कतिपय स्थानमा पूर्वएमाले भर्सेस एमाले हुने देखिन्छ । रामकुमारी झाँक्री–गोकर्ण विष्टदेखि मेटमणि चौधरी र शान्ता चौधरीसम्म चुनावमा एक अर्काका प्रतिस्पर्धी बनेका छन्। 

कहाँ–कहाँ हुँदैछ एमाले र पूर्वएमालेबीच प्रतिस्पर्धा ?
ईलाम– १ : झलनाथ खनाल र महेश बस्नेत
ईलाम–१ मा नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एमालेका महेश बस्नेतबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। यसअघि खनालका लागि मत मागेका बस्नेत यो पटक भने आफैं प्रतिस्पर्धी भएका छन्। 

पूर्वप्रधानमन्त्री खनाल २०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले ३६ हजार ८०५ मतसहित जित हासिल गरेका थिए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १८ हजार ६३८ मत ल्याएका थिए। उनी गठबन्धनका साझा उम्मेदवार हुन्। महेश भने एमालेको नयाँ अनुहार हुन्। झलनाथ २०४८, २०५१, २०६४, २०७० र २०७४ मा निरन्तर यही क्षेत्रबाट जितेका छन्। 

उदयपुर–२ : जगनाथ खतिवडा र अम्बरबहादुर रायमाझी
नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनाथ खतिवडा एमाले अम्बरबहादुर रायमाझीबीच उदयपुर–२ मा चुनावी प्रतिस्पर्धा हुँदैछ। 

खतिवडा एमाले विभाजन भएसँगै नेकपा एसमा लागेका हुन्। २०७४ को निर्वाचनमा भने यो क्षेत्रमा माओवादीका सुरेश कुमार राईले २२ हजार ५५१ मतसहित जितेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायाण बहादुर कार्कीले १५ हजार ४५५ मत ल्याएका थिए। जगन्नाथ लामो समय एमालेको राजनीतिक गरेका नेता हुन्। जगन्नाथ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। यहाँको प्रतिस्पर्धा पनि रोचक हुने देखिएको छ। 

काठमाडौं–८ : जीवनराम श्रेष्ठ र शिवसुन्दर राजवैद्य
नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ र एमाले शिवसुन्दर राजवैद्यबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। काठमाडौं–८ मा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सिफारिस गरेको थियो। तर, शाक्यले संसदीय राजनीति नगर्ने भन्दै विश्राम लिएपछि भने राजवैद्यले टिकट पाएका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

श्रेष्ठ एमालेबाट २०७४ मा काठमाडौ–४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। श्रेष्ठले १३ हजार ३९७ मत ल्याएका थिए भने कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९५९ मत ल्याएका थिए। 

ललितपुर–२ : कृष्णलाल महर्जन र प्रेम महर्जन
एकीकृत समाजवादीका नेता कृष्णलाल महर्जन र एमाले नेता प्रेम महर्जनबीच ललितपुर–२ मा चुनावी प्रतिस्पर्धा हुँदैछ। एमालेको विभाजनसँगै कृष्णलाल समाजवादीमा लागे। कृष्णलाल निवर्तमान सांसद हुन्। कृष्णलालले २०७४ मा एमालेबाट २७ हजार ७१३ मत ल्याएर जितेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्र महर्जन थिए। चन्द्रले १६ हजार ९४५ मत ल्याएका थिए। कृष्णलाल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। 

धादिङ–१ : राजेन्द्र पाण्डे र भूमिप्रसाद त्रिपाठी
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र एमालेका भूमिप्रसाद त्रिपाठी धादिङ–१ बाट चुनावी मैदानमा छन्। त्रिपाठी २०७४ मा एमालेबाट निर्वाचित सांसद हुन्। उनले कांग्रेसका विश्वप्रसाद अर्याललाई ४९ हजार १२१ मत ल्याएर जितेका थिए। अर्यालले भने २१ हजार ९६८ मत ल्याएका थिए। पाण्डे सत्ता गठबन्धनका उम्मेदवार हुन्। 

मकवानपुर–२ : विरोध खतिवडा र महेश बर्तौला
एकीकृत समाजवादीका नेता एवं पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र एमालेका महेश बर्तौलाबीच मकवानपुर–२ मा चुनावी प्रतिस्पर्धा हुँदैछ। खतिवडा २०४८, २०५१ र २०५६ मा प्रत्यक्ष निर्वाचित सांसद हुन्।

खतिवडाले २०७४ मा मकवानपुर–२ बाट ४६ हजार ४८१ मत ल्याएर जितेका थिए। नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले ३४ हजार ९० मत ल्याएकी थिइन्। बर्तौला अनेरास्ववियुका पूर्वउपाध्यक्ष हुन्। बर्तौला एमालेमा नयाँ अनुहार हुन्। अघिल्लो चुनावमा खतिवडालाई मत मागेका बर्तौला अहिले आफैं खतिवडासँग चुनावीमा प्रतिस्पर्धा गर्दैछन्।

कास्की–२ : श्रीनाथ बराल र विद्या भट्टराई
एकीकृत समाजवादीका श्रीनाथ बराल र एमालेका विद्या भटटराईबीच कास्की–२ मा चुनावी प्रतिस्पर्धा हुँदैछ। २०७४ मा एमालेका रवीन्द्र प्रसाद अधिकारीले २७ हजार २०७ मत ल्याएर जितेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत ल्याएका थिए। 

अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा अधिकारीपत्नी विद्या भटटराईले जित हाँसिल गरेकी थिइन्। 

गुल्मी–२ : रामकुमारी झाँक्री र गोकर्ण विष्ट
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री र एमालेका सचिव गोकर्ण विष्ट, यी दुई एमालेका पुराना सहकर्मी हुन्। झाँक्री २०७४ मा समानुपातिकतर्फ सांसद भएकी थिइन् भने विष्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए। उक्त निर्वाचनमा विष्टलाई जिताउन झाँक्री खटिएकी थिइन्।

तर, एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी निर्माण भएपछि अहिले कुनै समयमा सहकर्मीहरु एक अर्काविरुद्ध निर्वाचनको मैदानमा उभिएका छन्। विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका थिए। विष्टले २०७४ सालमा ३४ हजार ६१८ मत प्राप्त गर्दै जित हात पारेका थिए।

उनका प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका थिए। तत्कालीन समयमा माओवादी केन्द्रले पनि विष्टलाई सहयोग गरेको थियो। तर, यसपटक झाँक्रीलाई माओवादीसहित कांग्रेसले समर्थन गरेको छ। यही कारण उनीहरु दुवैका बीचमा कडा टक्कर हुने देखिएको छ।

पाल्पा–२ : सोमप्रसाद पाण्डे र ठाकुर गैरे
पाल्पा–२ मा यसपटक कुनै समय नेकपा एमालेमा रहेर पार्टीका लागि काम गरेका व्यक्तिहरुबीचमै प्रतिस्पर्धा हुने देखिएको छ। कुनैबेला एमालेभित्र प्रभावशाली रहेका सोमप्रसाद पाण्डे एकीकृत समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भएका छन् भने उनको हरेक निर्वाचनमा सहयोगी बन्दै आएका ठाकुर गैरे एमालेबाट उम्मेदवार छन्। 

पाण्डेका कारण टिकट पाउनबाट बञ्चित हुँदै आएका गैरे यसपटक उनलाई नै चुनौती दिँदैछन्। पाण्डेले उक्त जिल्लाबाट चार पटक जित हात पारेका छन्। पाँचौ पटकको जितका लागि उनी मैदानमा छन् भने गैरे पहिलो पटक उम्मेदवार हुँदै स्थापित हुने दाउमा छन्। 

२०७४ मा पाल्पा–२ बाट एमालेका उम्मेदवार बनेका पाण्डे ३४ हजार ८ सय ९९ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले २४ हजार ५ सय ५४ मत पाएका थिए।

स्थानीय निर्वाचनको मत हेर्दा एमाले बलियो रहेको छ। पाण्डेलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ रहेको छ। 

दाङ–१ : मेटमणि चौधरी  र शान्ता चौधरी
एकीकृत समाजवादी नेता एवं शहरी विकासमन्त्री मेटमणि चौधरी र नेकपा एमालेकी पोलिटब्यूरो सदस्य शान्ता चौधरीबीच दाङ–१ मा चुनावी प्रतिस्पर्धा हुँदैछ। २०७४ मा मेटमणिका लागि मत मागेकी शान्ता योपाली भने उनैसँग चुनावी मैदानमा छन्। 

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेका तर्फबाट मेटमणिले ३७ हजार ९०८ मतसहित जित हाँसिल गरेका थिए। नेपाली कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन्। 

शान्ता मात्र होइन २०७४ मा मेटमणिका लागि मत मागेकी गंगा चौधरी पनि यसपटक सोही क्षेत्रबाट चुनावी मैदानमा छन्। एमालेले  टिकट नदिएपछि गंगाले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। मेटमणि सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। 

सल्यान : प्रकाश ज्वाला र राजेन्द्रविर राय
नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र नेकपा एमालेका राजेन्द्रविर रायबीच सल्यानमा प्रतिस्पर्धा हुँदैछ। एमाले र पूर्वएमाले नै चुनावी मैदानमा छन्। ज्वाला कर्णाली प्रदेशको अर्थमन्त्री समेत भइसकेका छन्।

एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा २०७४ मा माओवादीका टेक बहादुर बस्नेतले ४० हजार ८९७ मत ल्याएर जित हाँसिल गरेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरे। 

ज्वाला सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। ज्वालाले २०७० को दोस्रो संविधासभाको चुनावमा सल्यान–२ बाट प्रत्यक्ष जितेका थिए।

डोल्पा : धनबहादुर बुढा र गणेशबहादुर शाही
एकीकृत समाजवादीका नेता धनबहादुर बुढा र एमालेका नेता गणेशबहादुर शाही डोल्पामा आमने सामने हुँदैछन्। २०७४ मा एमालेबाट बुढाले ११ हजार ७६१ मत ल्याएर जितेका थिए। 

एमालेको विभाजनसँगै बुढा एकीकृत समाजवादीतिर लागे। उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत ल्याएका थिए। अहिले धनबहादुरलाई सत्ता गठबन्धनको सहयोग रहेको छ। 

दैलेख–१ : अम्मरबहादुर थापा र रविन्द्रराज शर्मा
यहाँ पनि एमाले र पूर्वएमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। २०७४ मा एमाले नेता रविन्द्रराज शर्माका लागि मत मागेका अम्मर यो पाली शर्मासँगै भिड्दैछन्। 

थापा एमालेको विभाजनसँगै एकीकृत समाजवादीमा लागे। उनी एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी अध्यक्ष हुन्।

२०७४ को निर्वाचनमा शर्माले २३ हजार ७७३ मत ल्याएर जितेका थिए। उनका प्रतिस्पर्धी राप्रपाका दीपककुमार शाहले १७ हजार २५२ मत प्राप्त गरेका थिए। 

बझाङ : भानुभक्त जोशी र ऐन महर 
कुनै बेलाका राजनीतिक गुरु–चेला भानुभक्त जोशी र ऐन महर अहिले एक अर्काका प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा छन्। एमाले विभाजनपछि जोशी एकीकृत समाजवादीमा लागेका थिए।

महर अनेरास्ववियूका पूर्वअध्यक्ष हुन्। २०७४ मा बझाङबाट एमालेबाट भैरवबहादुर सिंहले ३४ हजार ६०२ मत प्राप्त गरी जित हाँसिल गरेका थिए भने कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९१० मत प्राप्त गरेका थिए। 

भैरवका लागि मत मागेका जोशी र महर यो पाली भने चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्। जोशी सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन्। उनी अघिल्लो निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

डोटी : प्रेमबहादुर आले र गौरी ओली
एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एमालेकी गौरी ओली नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेसँग चुनावी मैदानमा उत्रिएकी छन्। ओली नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा डोटी इन्चार्ज हुन्। 

पूर्वमन्त्री आले २०७० र २०७४ मा यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। आले एमाले विभाजित भएसँगै एकीकृत समाजवादीमा लागे। २०७४ आलेले ३२ हजार ५१० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका वीरबहादुर बलायरले ३० हजार ८७८ मत प्राप्त गरेका थिए। अघिल्लोपटक आलेका लागि मत मागेकी ओली योपाली भने आफैं चुनावी मैदनमा छन्। 

रुपन्देही–१ : घनश्याम भुसाल र छविलाल विश्वकर्मा
गत शनिबार मात्र एमाले त्यागेका घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई सत्ता गठबन्धनले साथ दिएको छ। 

रुपन्देही–१ मा एमालेका सचिव छविलाल विश्वकर्मा चुनावी मैदानमा छन्। भुसाल एमालेका पूर्वउपमहासचिव हुन्।

भुसाल २०५३ मा रुपन्देही–२ को उपनिर्वाचनबाट निर्वाचित भएका थिए। त्यस्तै २०७४ मा भने रुपन्देही–३ बाट ३२ हजार ८६६ मत प्राप्त गरेर निर्वाचित भए। उनका प्रतिस्पर्धी राप्रपाका दीपक बोहराले २७ हजार ४२२ मत प्राप्त गरे। 

विश्वकर्मा अघिल्लो निर्वाचनमा क्षेत्रबाट निर्वाचित भएका थिए। उनले २०७४ मा ३४ हजार ७५२ मत ल्याउँदा कांग्रेसका अब्दुल रजाक गद्धिले २६ हजार ८८५ मत ल्याएका थिए। विश्वकर्मा २०६४ मा समानुपातिक सांसदसमेत भएका थिए।
 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १९:२९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी बिहीबार, वैशाख १७, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर भएको शेखर पक्षको निष्कर्ष बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्