गुल्मी- गुल्मीका विभिन्न स्थानमा भोलि (शुक्रबार) विद्युत आपूर्ति बन्द हुने भएको छ। बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जनाएको छ।
नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घासका अनुसार रिडीदेखि बिरवाससम्म ३३ केभी लाइनको नजिक पर्न गएका रुखका हाँगाबिगा काट्ने कार्य गर्ने भएकोले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो।
गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकाको थानापति, बलेटक्सार, रिमुवा, थोर्गा, पानीटंकी, बम्घा, भेडुवा, श्रीङ्गा, विरवास, लुम्छा, जोहाङ्ग, खैरेनी, अस्लेवा र रानीबास लगायतका ठाउँहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।