फाइल तस्बिर।
काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभातर्फको निर्वाचनमा उम्मेदवारी मनोयन भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्यीय छ।
बैठकको अजेण्डा सार्वजनिक गरिएको छैन। तर, ४ मंसिरको निर्वाचनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।