काठमाडौं- सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुले राजीनामा नदिएको वर्खास्त गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्। कांग्रेसकाा एक मन्त्रीका अनुसार बिहीबारसम्म मात्रै राजीनामाका लागि पर्खिइनेछ।
उनले भने, 'उहाँहरुले राजीनामा नगरेर हटाउने तयारी भइसकेको छ।' यस विषयमा सत्ता गठबन्धनमा यसअघि नै छलफल भइसकेकको छ।
जसपा सत्ता गठबन्धनबाट बाहिरिएको प्रमुख प्रतिपक्ष दल एमालेसँग मिलेको छ। आगामी चुनावका लागि प्रतिपक्ष दलसँग मिलेको जसपाका मन्त्रीहरु भने कायम छन्।
जसपाका तर्फबाट भौतिकमन्त्री मोहम्मद इस्तियाकक राई, संघीय मामिला तथा सामान्य् प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, बन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र कुमार सिंह सरकारमा छन्।
चार मन्त्री हटाएपनि नयाँ मन्त्री भने प्रधानमन्त्री देउवाले नियुक्त गर्न पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।