काठमाडौं– विजयकुमार गच्छदार र गोविन्दराज जोशीसहित ८ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता अनिल आचार्यले बिहीबार उनीहरूको उम्मेदवारीविरुद्ध रिट दायर गरेका हुन्। आचार्यले गच्छदार र जोशीसहित विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दायर गरेका हुन्।
यीमध्ये गच्छदार, जोशी, पाण्डे, साह, गिरीले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।