काठमाडौं- निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ।
आचार संहिता उल्लंघन गर्दै पञ्चेबाजा बजाएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। उनले गत आइतबार गोरखा- २ मा मनोनयन गर्न जाने क्रममा पञ्चेबाजा प्रयोग गरेको थिए।
उनी मंसिर ४ गते हुने प्रतिनिधि सभामा निर्वाचनमा आचार संहिता उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिने पहिलो व्यक्ति भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।