• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

रुपन्देही- १ : घनश्याम भुसाललाई सत्ता गठबन्धन, एमालेका असन्तुष्ट पक्ष र आफ्नै व्यक्तित्वको भर

64x64
प्रतिक पौडेल मंगलबार, असोज २५, २०७९  १५:०६
1140x725

बुटवल- नेकपा एमाले परित्याग गरी घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिएको रुपन्देही- १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साढे चार दशक बिताएको पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार बन्न आएका भुसाल अहिले आम बहसको व्यक्तित्व बनेका छन्।

२०५३ मा सम्पन्न उपनिर्वाचनबाट संसदीय यात्रा थालेका भुसाल पटकपटक सांसद बनिसकेका छन्। पार्टी, संसद् र आमवृत्तमा वैचारिक नेताको छवि बनाएका भुसाल आफ्नै गृह क्षेत्र रुपन्देही- १ बाट उम्मेदवार बन्न चाहन्थे। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रबाट त टिकट दिएनन् नै, अन्यत्रबाट पनि दिएनन्। परिणामतः एमालेका पूर्वउपमहासचिव समेत रहेका भुसाल स्वतन्त्र उम्मेदवार बनेका हुन्।

भुसाल २०७४ को निर्वाचनमा रुपन्देही- ३ बाट उम्मेदवार बनेका थिए। आफूले पटकपटक रुपन्देही- १ बाटै उम्मेदवार बन्न चाहे पनि पार्टीले टिकट नदिएको भुसाल बताउँछन्। यसपटक भने भुसाल एमाले उम्मेदवारसँग मात्रै होइन, एमालेको संस्थापनसँगै प्रतिस्पर्धामा उभिएको स्थिति देखिएको छ। उनले पार्टी परित्याग गर्दा दिएको वक्तव्यले त्यसको छनक दिन्छ।

भुसाल उम्मेदवार भनेको रुपन्देही- १ मा एमालेबाट सचिव छविलाल विश्वकर्मा उम्मेदवार बनेका छन्। विश्वकर्मा २०७४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। धेरै काम गरेको र जनतामा आफूप्रति विश्वास कायम रहेका कारण आफूले चुनाव जित्नेमा ढुक्क रहेको उनको भनाइ छ। उनलाई ‍राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको पनि समर्थन छ।

स्थानीय तह निर्वाचनको अंकगणित
रुपन्देही- १ अन्तर्गत देवदह नगरपालिका र रोहिणी गाउँपालिका पर्छन्। त्यस्तै, तिलोत्तमा नगरपालिकाका वडाहरु ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतिया गाउँपालिकाको वडाहरु १, ३, ४, ५ र ६ पर्छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देही-१ गन्तर्गतका वडाहरुमा उम्मेदवार भएका विभिन्न पार्टीका अध्यक्षका उम्मेदवारहरुले पाएको मतमा कांग्रेस अगाडि छ। उसका वडाअध्यक्षका उम्मेदवारहरुले ३२ हजार ९९९ मत पाएका छन्।

त्यस्तै, एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादी केन्द्र ४ हजार २०२, एकीकृत समाजवादी १ हजार ४४७, लोसपाले ३२५ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवाहरुले ८ हजार १२३ मत पाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

जुन किसिमको गठबन्धन बनेको छ, त्यसका कारण एमाले उम्मेदवार विश्वकर्मा बलिया देखिन्छन्। गठबन्धनमा राप्रपा र जसपा पनि जोडिँदा उनलाई लाभ पुग्न सक्छ।

भुसाल स्वतन्त्र उम्मेदवार छन्। तर, उनलाई सत्ता गठबन्धनको साथ छ। सत्ता गठबन्धनमा भएको सिट बाँडफाँटको सहमति अनुसार त्यस क्षेत्रमा माओवादी केन्द्रको भागमा परेको थियो। तर, उसले त्यहाँ आफ्नो उम्मेदवार उठाएन। बरु सत्ता गठबन्धनकै उम्मेदवार बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयत्न गरेका थिए। त्यसैले भुसाल पनि बलिया उम्मेदवार हुन् भन्ने सहजै बुझिन्छ।

विश्वकर्माप्रति बढ्दो असन्तुष्टि
विश्वकर्मा एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन्। त्यसको लाभ उनले पाइरहेका छन्। पार्टी सचिव बन्न पनि त्यही निकटताको भूमिका छ।

तर, पार्टीभित्रको संस्थापनइतर धारसँग निकटता राख्ने नेता तथा कार्यकर्तामा उनीप्रति असन्तुष्टि छ। केन्द्रमै मात्र बढी ध्यान दिने, एकलौटी निर्णय गराउन खोज्ने, निर्वाचन क्षेत्रमा राखिएका कार्यक्रमहरुमा पर्याप्त समय नदिने, आफ्नै निकटका व्यक्तिको मात्रै विश्वास नगर्ने संकुचित प्रवृत्ति रहेको आरोप उनीमाथि छ। कतिसम्म भने, केपी ओली नेतृत्वको शक्तिशाली सरकार हुँदा पनि आफ्नो क्षेत्रमा पर्याप्त बजेट पार्न नसकेको असन्तुष्टिको सामना पनि उनले गर्नुपरेको छ।

नेकपा एमालेका एकजना स्थानीय नेताका अनुसार, देवदह नगर कमिटीको बैठकमा विश्वकर्मालाई यसपटक माहोल नभएकोले चुनावमा नउठ्न आग्रह गरिएको थियो। तर, उनले उक्त सुझावलाई बेवास्ता गरे र आफू लुम्बिनी प्रदेश इन्चार्ज भएको फाइदा उठाए। उनले आफूसँगै सिफारिसमा परेका घनश्याम भुसालको नाम जिल्ला कमिटीबाटै हटाएर एकल सिफारिस गराएको आरोप स्थानीय नेताहरुको छ। उनलाई समन्वयभन्दा पनि शक्ति प्रयोगमा रुचि राखेकाले निर्वाचनमा असर पर्नसक्ने एमालेकै नेताहरुको आकलन छ।

Chhabilal-Bishwakarma1665474111.jpg
उम्मेदवारी दर्ता गर्ने क्रममा छविलाल विश्वकर्मा।

पछिल्लो समय रुपन्देही- १ मा विश्वकर्माको कार्यशैलीप्रति पार्टीको कमिटी बैठकमा टीकाराम चापागाईंले पटक–पटक प्रश्न उठाउँदै आएका थिए। तर, विश्वकर्माले उनको आलोचनालाई कुनै चासो नदिएपछि उनले एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले विद्रोह गरे, अरुले मतदानमा असन्तुष्टि पोख्ने विश्लेषण एमाले पंक्तिमा छ।

भुसाललाई आफ्नै व्यक्तित्वको भर
रुपन्देही- १ भुसालको गृह क्षेत्र हो। त्यसैले उनको व्यक्तित्वको प्रभाव यस निर्वाचन क्षेत्रमा छ। अध्ययनशील र बौद्धिक नेतालाई जिताउनुपर्छ भन्ने मान्यता राख्नेहरुको मत उनले पाउन सक्छन्। अर्कोतिर, भुसाल जिल्ला राजनीतिमै सक्रिय भएका बेलामा यस क्षेत्रमा इन्चार्ज भएर संगठन विस्तार लगायत काम गरेका थिए। त्यसैले एमालेमै संगठित भएता पनि उनीसँग निकटता राख्नेहरुले उनलाई मत दिने सम्भावना रहन्छ।

Ghanashyam-Nomination1665474154.jpg
उम्मेदवारी दर्ता गर्ने क्रममा घनश्याम भुसाल।

त्यसो त, भुसालप्रति पनि यहाँ असन्तुष्टि नभएको होइन। भुसालले आफ्नै गृहक्षेत्रमा उम्मेदवारी नदिएर अन्यत्र जाने गरेको गुनासो उनीमाथि छ। एक स्थानीय नेता भन्छन्, ‘भुसाल बौद्धिक नेता हो, राम्रो नेता हो तर किन यसअघिका निर्वाचनहरुमा उहाँ यस क्षेत्रबाट उठ्नु भएन?’

भुसाललाई टिकट नपाएकै कारण पार्टी परित्याग गरेको आरोप लागिरहेको छ। एमाले सम्बद्धहरुले त्यसलाई उठाउने र स्थापित गर्ने प्रयास गर्नेछन्। त्यसको घाटा भुसालले बेहोर्नसक्ने आकलन पनि भइरहेको छ। तर, भुसाल निकट एक नेता भन्छन्, ‘एमाले परित्याग गरेर अन्य पार्टीको चुनाव चिह्नबाट लडेको भए त्यस्तो आरोपको अर्थ हुन्थ्यो। स्वतन्त्र उम्मेदवार भएकाले हामीलाई कठिन हुँदैन। बरु एमालेभित्रका अन्तुष्टहरुको मत हामीलाई आउँछ। किनकि, अन्य पार्टीलाई मत दिन उनीहरुलाई कठिन हुन्थ्यो। स्वतन्त्र उम्मेदवारका रुपमा भुसाललाई मत दिन कठिन हुँदैन।’

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १५:०६
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्