• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

रुपन्देही- १ : घनश्याम भुसाललाई सत्ता गठबन्धन, एमालेका असन्तुष्ट पक्ष र आफ्नै व्यक्तित्वको भर

64x64
प्रतिक पौडेल मंगलबार, असोज २५, २०७९  १५:०६
1140x725

बुटवल- नेकपा एमाले परित्याग गरी घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिएको रुपन्देही- १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साढे चार दशक बिताएको पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार बन्न आएका भुसाल अहिले आम बहसको व्यक्तित्व बनेका छन्।

२०५३ मा सम्पन्न उपनिर्वाचनबाट संसदीय यात्रा थालेका भुसाल पटकपटक सांसद बनिसकेका छन्। पार्टी, संसद् र आमवृत्तमा वैचारिक नेताको छवि बनाएका भुसाल आफ्नै गृह क्षेत्र रुपन्देही- १ बाट उम्मेदवार बन्न चाहन्थे। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रबाट त टिकट दिएनन् नै, अन्यत्रबाट पनि दिएनन्। परिणामतः एमालेका पूर्वउपमहासचिव समेत रहेका भुसाल स्वतन्त्र उम्मेदवार बनेका हुन्।

भुसाल २०७४ को निर्वाचनमा रुपन्देही- ३ बाट उम्मेदवार बनेका थिए। आफूले पटकपटक रुपन्देही- १ बाटै उम्मेदवार बन्न चाहे पनि पार्टीले टिकट नदिएको भुसाल बताउँछन्। यसपटक भने भुसाल एमाले उम्मेदवारसँग मात्रै होइन, एमालेको संस्थापनसँगै प्रतिस्पर्धामा उभिएको स्थिति देखिएको छ। उनले पार्टी परित्याग गर्दा दिएको वक्तव्यले त्यसको छनक दिन्छ।

भुसाल उम्मेदवार भनेको रुपन्देही- १ मा एमालेबाट सचिव छविलाल विश्वकर्मा उम्मेदवार बनेका छन्। विश्वकर्मा २०७४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। धेरै काम गरेको र जनतामा आफूप्रति विश्वास कायम रहेका कारण आफूले चुनाव जित्नेमा ढुक्क रहेको उनको भनाइ छ। उनलाई ‍राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको पनि समर्थन छ।

स्थानीय तह निर्वाचनको अंकगणित
रुपन्देही- १ अन्तर्गत देवदह नगरपालिका र रोहिणी गाउँपालिका पर्छन्। त्यस्तै, तिलोत्तमा नगरपालिकाका वडाहरु ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतिया गाउँपालिकाको वडाहरु १, ३, ४, ५ र ६ पर्छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देही-१ गन्तर्गतका वडाहरुमा उम्मेदवार भएका विभिन्न पार्टीका अध्यक्षका उम्मेदवारहरुले पाएको मतमा कांग्रेस अगाडि छ। उसका वडाअध्यक्षका उम्मेदवारहरुले ३२ हजार ९९९ मत पाएका छन्।

त्यस्तै, एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादी केन्द्र ४ हजार २०२, एकीकृत समाजवादी १ हजार ४४७, लोसपाले ३२५ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवाहरुले ८ हजार १२३ मत पाएका छन्।

Ncell 2
Ncell 2

जुन किसिमको गठबन्धन बनेको छ, त्यसका कारण एमाले उम्मेदवार विश्वकर्मा बलिया देखिन्छन्। गठबन्धनमा राप्रपा र जसपा पनि जोडिँदा उनलाई लाभ पुग्न सक्छ।

भुसाल स्वतन्त्र उम्मेदवार छन्। तर, उनलाई सत्ता गठबन्धनको साथ छ। सत्ता गठबन्धनमा भएको सिट बाँडफाँटको सहमति अनुसार त्यस क्षेत्रमा माओवादी केन्द्रको भागमा परेको थियो। तर, उसले त्यहाँ आफ्नो उम्मेदवार उठाएन। बरु सत्ता गठबन्धनकै उम्मेदवार बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयत्न गरेका थिए। त्यसैले भुसाल पनि बलिया उम्मेदवार हुन् भन्ने सहजै बुझिन्छ।

विश्वकर्माप्रति बढ्दो असन्तुष्टि
विश्वकर्मा एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन्। त्यसको लाभ उनले पाइरहेका छन्। पार्टी सचिव बन्न पनि त्यही निकटताको भूमिका छ।

तर, पार्टीभित्रको संस्थापनइतर धारसँग निकटता राख्ने नेता तथा कार्यकर्तामा उनीप्रति असन्तुष्टि छ। केन्द्रमै मात्र बढी ध्यान दिने, एकलौटी निर्णय गराउन खोज्ने, निर्वाचन क्षेत्रमा राखिएका कार्यक्रमहरुमा पर्याप्त समय नदिने, आफ्नै निकटका व्यक्तिको मात्रै विश्वास नगर्ने संकुचित प्रवृत्ति रहेको आरोप उनीमाथि छ। कतिसम्म भने, केपी ओली नेतृत्वको शक्तिशाली सरकार हुँदा पनि आफ्नो क्षेत्रमा पर्याप्त बजेट पार्न नसकेको असन्तुष्टिको सामना पनि उनले गर्नुपरेको छ।

नेकपा एमालेका एकजना स्थानीय नेताका अनुसार, देवदह नगर कमिटीको बैठकमा विश्वकर्मालाई यसपटक माहोल नभएकोले चुनावमा नउठ्न आग्रह गरिएको थियो। तर, उनले उक्त सुझावलाई बेवास्ता गरे र आफू लुम्बिनी प्रदेश इन्चार्ज भएको फाइदा उठाए। उनले आफूसँगै सिफारिसमा परेका घनश्याम भुसालको नाम जिल्ला कमिटीबाटै हटाएर एकल सिफारिस गराएको आरोप स्थानीय नेताहरुको छ। उनलाई समन्वयभन्दा पनि शक्ति प्रयोगमा रुचि राखेकाले निर्वाचनमा असर पर्नसक्ने एमालेकै नेताहरुको आकलन छ।

Chhabilal-Bishwakarma1665474111.jpg
उम्मेदवारी दर्ता गर्ने क्रममा छविलाल विश्वकर्मा।

पछिल्लो समय रुपन्देही- १ मा विश्वकर्माको कार्यशैलीप्रति पार्टीको कमिटी बैठकमा टीकाराम चापागाईंले पटक–पटक प्रश्न उठाउँदै आएका थिए। तर, विश्वकर्माले उनको आलोचनालाई कुनै चासो नदिएपछि उनले एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले विद्रोह गरे, अरुले मतदानमा असन्तुष्टि पोख्ने विश्लेषण एमाले पंक्तिमा छ।

भुसाललाई आफ्नै व्यक्तित्वको भर
रुपन्देही- १ भुसालको गृह क्षेत्र हो। त्यसैले उनको व्यक्तित्वको प्रभाव यस निर्वाचन क्षेत्रमा छ। अध्ययनशील र बौद्धिक नेतालाई जिताउनुपर्छ भन्ने मान्यता राख्नेहरुको मत उनले पाउन सक्छन्। अर्कोतिर, भुसाल जिल्ला राजनीतिमै सक्रिय भएका बेलामा यस क्षेत्रमा इन्चार्ज भएर संगठन विस्तार लगायत काम गरेका थिए। त्यसैले एमालेमै संगठित भएता पनि उनीसँग निकटता राख्नेहरुले उनलाई मत दिने सम्भावना रहन्छ।

Ghanashyam-Nomination1665474154.jpg
उम्मेदवारी दर्ता गर्ने क्रममा घनश्याम भुसाल।

त्यसो त, भुसालप्रति पनि यहाँ असन्तुष्टि नभएको होइन। भुसालले आफ्नै गृहक्षेत्रमा उम्मेदवारी नदिएर अन्यत्र जाने गरेको गुनासो उनीमाथि छ। एक स्थानीय नेता भन्छन्, ‘भुसाल बौद्धिक नेता हो, राम्रो नेता हो तर किन यसअघिका निर्वाचनहरुमा उहाँ यस क्षेत्रबाट उठ्नु भएन?’

भुसाललाई टिकट नपाएकै कारण पार्टी परित्याग गरेको आरोप लागिरहेको छ। एमाले सम्बद्धहरुले त्यसलाई उठाउने र स्थापित गर्ने प्रयास गर्नेछन्। त्यसको घाटा भुसालले बेहोर्नसक्ने आकलन पनि भइरहेको छ। तर, भुसाल निकट एक नेता भन्छन्, ‘एमाले परित्याग गरेर अन्य पार्टीको चुनाव चिह्नबाट लडेको भए त्यस्तो आरोपको अर्थ हुन्थ्यो। स्वतन्त्र उम्मेदवार भएकाले हामीलाई कठिन हुँदैन। बरु एमालेभित्रका अन्तुष्टहरुको मत हामीलाई आउँछ। किनकि, अन्य पार्टीलाई मत दिन उनीहरुलाई कठिन हुन्थ्यो। स्वतन्त्र उम्मेदवारका रुपमा भुसाललाई मत दिन कठिन हुँदैन।’

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १५:०६
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगल... शनिबार, मंसिर ६, २०८२
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो। आइतबार, कात्तिक ३०, २०८२
मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रय... शनिबार, कात्तिक २९, २०८२
ताजा समाचारसबै
रिहा भएपछि दुर्गा प्रसाईँले भने–प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं आइतबार, मंसिर ७, २०८२
भियतनाममा भीषण बाढी–भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश आइतबार, मंसिर ७, २०८२
कम्युनिस्ट पार्टी अब अगाडि बढ्न सक्दैन : बाबुराम भट्टराई आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
आज तीन नेताको पार्टी एकता हुँदै, घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्