• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

श्रीमान्-श्रीमती, दाजुबहिनी र बाबुछोरी नै सांसद बन्ने लाइनमा

64x64
धनु विश्वकर्मा मंगलबार, असोज २५, २०७९  १३:१६
1140x725

काठमाडौं– अगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कतिपय नेताका परिवारका सदस्यहरू नै चुनावी मैदानमा छन्। कतिपयका श्रीमान्–श्रीमती नै उम्मेदवार छन् भने कतिपयका बाबुछोरी र दाजुबहिनी उम्मेदवार बनेका छन्। 

दम्पती नै प्रतिनिधि सभामा पुग्ने लयमा प्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ति अग्रपंतिमा छन्। डडेलधुराबाट प्रधानमन्त्री देउवा प्रत्यक्ष निर्वाचन लड्दैछन्। 

देउवापत्नी आरजु राणाले समानुपातिक सूचीको तेस्रो नम्बरमा आफ्नो नाम राखेर प्रतिनिधि सभाको यात्रा पक्का गरेकी छिन्। यसअघि प्रत्यक्ष चुनावमा होमिएकी उनले जित्न नसकेपछि यसपल्ट वैकल्पिक बाटो रोजेकी हुन्। 

वर्षमान पुन र ओनसरी घर्ती
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र केन्द्रीय सदस्य ओनसरी घर्ती चुनावी मैदानमा हुनेछन्। दुवै सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रत्यक्ष उम्मेदवार हुन्।

वर्षमानले रोल्पाबाट र ओनसरीले काठमाडौं-२ बाट उम्मेदवारी दर्ता गरेका छन्। ओनसरी पहिलोपटक काठमाडौंबाट प्रत्यक्ष उम्मेदवार बनेकी छन्। 

वर्षमान २०४२ मा राजनीतिमा आवद्ध भएका हुन्। उनी माओवादी युद्धको सुरुवातसँगै तत्कालीन नेकपा माओवादीमा सक्रिय थिए। संविधानसभा सदस्य निर्वाचन २०६४ मा ललितपुर–१ बाट निर्वाचित भए। उनले २०७४ मा पनि रोल्पाबाटै चुनाव जितेका थिए। 

Barsaman-onasari1665473146.jpg

ओनसरी २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा–२ बाट प्रत्यक्षतर्फ संविधानसभा सदस्य निर्वाचित भएकी हुन्। त्यस्तै, २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा रोल्पाबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

उनी पहिलो महिला सभामुख हुन्। उनले २०६८ मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। वर्षमान र ओनसरी भने २०७४ देखी निरन्तर दम्पती नै प्रत्यक्ष उम्मेदवार बनेका छन्। 

रघुविर महासेठ र जुली महतो
एमालेका सचिव रघुवीर महासेठ र पोलिटब्यूरो सदस्य जुली महतो एमालेबाट प्रत्यक्षमा उम्मेवार बनेका छन्। रघुवीर धनुषा–४ र जुली धनुषा- ३ बाट निर्वाचन लड्दैछन्। रघुवीर सत्ता गठबन्धनमा कांग्रेसका तर्फबाट महेन्द्र यादवसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् भने जुलीले लोसपाका अनिलकुमार झासँग चुनावी प्रतिस्पर्धा गर्नेछन्।

जुली एनआरएनको संस्थापक अध्यक्ष उपेन्द्र यादवकी बहिनी हुन्। २०७४ सालको निर्वाचनमा पनि जुली र रघुवीर श्रीमान्, श्रीमती नै सांसद बनेका थिए। 

Raghubir-Juli1665473168.jpg

रघुविर संविधानसभाको उपनिर्वाचन २०६५ मा धनुषा- ५ बाट निर्वाचित भएका थिए। २०७४ मा पुन: प्रतिनिसभामा धनुषा- ४ बाटै निर्वाचित भएका थिए।  त्यही क्षेत्रबाट उनले फेरि उम्मेदवारी दिएका छन्। 

जुली पहिलोपटक २०६४ मा समानुपातिक सांसद बनेकी थिइन्। दोस्रो संविधानसभाको निर्वाचन २०७० मा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग धनुषा-३ मा हार ब्यहोरिन्। त्यसपछि पुन: २०७४ मा एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित भइन्। यो उनको चौंथो पटकको उम्मेदवारी हो। 

शेरबहादुर देउवा र आरजु राणा देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा प्रत्यक्ष र देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा समानुपातिक उम्मेदवार बनेका छन्। आइतबार प्रधानमन्त्री देउवाको वारेस बस्दै आरजुले डडेलधुराबाट उम्मेदवारी मनोनयन दर्ता गराएकी छन्। आरजुको नाम भने समानुपातिक सूचीमा छ। उनको नाम खस आर्य महिलातर्फ तेस्रो नम्बरमा छ।

प्रधानमन्त्री देउवाको यो सातौँ पटकको प्रत्यक्ष उम्मेदवारी रहेको छ। यसअघि २०४८ को संसदीय निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए। २०५१ को मध्यावधि निर्वाचन र २०५६ मा पनि डडेलधुारबाट निर्वाचित भएका थिए, देउवा।

Aarju-deuba1665473191.jpg पहिलो संविधान सभाको चुनाव २०६४ मा डडेलधुरा र कञ्चनपुर तथा २०७० मा डडेलधुरा र कैलालीमा दुवै क्षेत्रबाट जित हाँसिल गरेका थिए। २०७४ मा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष डडेल्धुराबाट निर्वाचित भएका हुन्। उनी पाँचौपटक प्रधानमन्त्री भएका छन्। 

आरजु २०६४ र २०७० मा समानुपातिक सांसद भएकी थिइन्। २०७४ मा कैलाली–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी उनलाई वाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले पराजित गरेका थिए। एमालेका राना २७ हजार २०२ मत पाएर विजयी हुँदा आरजुले २२ हजार ३२२ मत पाइन्। 

बालकृष्ण खाण र मञ्जु खाण
गृहमन्त्री बालकृष्ण खाण प्रत्यक्ष र उनकी पत्नी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मञ्जु खाण समानुपातिक उम्मेदवार बनेका छन्। गृहमन्त्री खाण रुपन्देही- ३ बाट उम्मेदवार बनेका छन्। मञ्जु समानुपातिकमा सिरहाबाट महिला खसआर्य तर्फबाट ६ नम्बरमा नाम छ। 

बालकृष्ण एमालेसँग तालमेल गरेको राप्रपाका दीपक बोहरासँग चुनावी प्रतिस्पर्धा गर्दैछन्। 

Balkrishna-Manju1665473219.jpg

खाण दम्पत्ति यसअघि २०७४ को समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा थिए। खसआर्यतर्फ बालकृष्णको नाम एक नम्बरमा थियो भने मञ्जुको नाम खसआर्य महिलातर्फको पाँचौं नम्बरमा थियो। तर,  मञ्जु सांसद बन्न सकिनन्। 

गृहमन्त्री खाण २०४८ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी संविधान सभाको पहिलो र दोस्रो निर्वाचन २०६४ र २०७० मा रुपन्देही- ३ बाट निर्वाचित भएका थिए।  २०७४ मा भने समानुपातिक सांसदमा निर्वाचित भए। उनले यसअघि शिक्षा तथा खेलकुद राज्यमन्त्री, सिंचाइमन्त्री र रक्षामन्त्रीको जिम्मेवारी समालेका छन्। 

अशोक राई र सुशीला श्रेष्ठ
जनता समाजवादी पार्टीका नेता अशोक राई सुनसरी– १ बाट प्रत्यक्षमा उम्मेदवार बनेका छन्। उनकी पत्नी सुशीला श्रेष्ठको नाम भने प्रतिनिधि सभाको समानुपातिकको बन्दसूचीमा छ। 

रेशम चौधरी र रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया– २ बाट उम्मेदवारी दिएका छन्। उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले कैलाली– १ बाट प्रत्यक्ष उम्मेदवार बनेकी छन्। 

Resham-ranjita1665473246.jpg

रेशमले यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टीबाट कैलाली- १ मा जितेका थिए। रञ्जिता अहिले पार्टीकी अध्यक्ष समेत हुन्। 

रेशम टीकापुर प्रकरणमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका छन्। उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका हुन्। उनको मनोनयविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी समेत परेको छ।

देवेन्द्र पौडेल र बलावती शर्मा 
नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल बाग्लुङ- २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने उनकी पत्नी बलावती शर्मा प्रतिनिधि सभाकै लागि समानुपातिक उम्मेदवार बनेकी छन्। बलावती माओवादीको पोलिटब्यूरो सदस्य हुन्। बलावतीको नाम खसखार्य महिलातर्फ ८ नम्बरमा छ। 

Devendra-Balawati1665473279.jpg

०००
महन्थ ठाकुर र छोरी मिनाक्षी 
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र उनकी छोरी डा मिनाक्षी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। महन्थ सत्ता गठबन्धनको सहयोगमा महोत्तरी- ३ बाट प्रत्यक्ष उम्मेदवार छन्। मिनाक्षी भने मधेशी महिला तर्फबाट समानुपातिकमा पहिलो नम्बरमा परेकी छिन्। 

महन्थ २०४८ सालदेखि निरन्तर प्रत्यक्षको उम्मेदवारी दिँदै आएका छन्। २०४८ मा प्रत्यक्ष निर्वाचित भए भने २०६४ मा मनोनित सदस्य बनेका थिए। २०७० मा पराजित भए भने २०७४ मा महोत्तरी- ३ बाट निर्वाचित भए।

Mahanth-minakshi1665473299.jpg

उनी यही क्षेत्रमा पुन: उम्मेदवार बनेका छन्। जसपाका हरिनारायण यादवसँग प्रतिस्पर्धा गर्दैछन्। जसपाले एमालेसँग चुनावी तालमेल रहेको छ। 

०००
शंकर पोखरेल र बहिनी मेनका पोखरेल
एमाले महासचिव शंकर पोखरेल दाङ– २ बाट उम्मेदवार बनेका छन्। यसअघि सोही क्षेत्रको प्रदेश सभामा जितेका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बने। 

Shankar-and-Menaka1665473323.jpg

यसपल्ट प्रतिनिधि सभामा सांसद बन्ने प्रयत्नमा छन्। आफ्नै बहिनी  मेनका पोखरेलका लागि पनि प्रतिनिधि सभाको बाटो फराकिलो बनाइसकेका छन्। समानुपातिक उम्मेदवार मेनका खसआर्य महिलातर्फ पहिलो नम्बरमै छिन्।  

शक्ति बस्नेत र बहिनी ज्ञानु
नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत जाजरकोटबाट उम्मेदवार बनेका छन् भने उनकी बहिनी ज्ञानु बस्नेत सुवेदीको प्रतिनिधि सभा समानुपातिक बन्दसूचीमा नाम छ। ज्ञानुको नाम खसआर्य महिलाको १ नम्बरमा छ। 

Shakti-and-Gyanu1665473341.jpg

जनार्दन शर्मा र बहिनी नारायणी
माओवादीका अर्का उपमहासचिव अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार बनेका छन्। उनी २०६४ देखि लगातार सांसद् छन्। 

Janardan-Narayani1665473359.jpg

२०४८ सालमा जनार्दन रुकुम- २ बाट उम्मेदवार थिए तर, जित्न सकेनन्। शर्माकी बहिनी नारायणी शर्मा प्रतिनिधि सभाकै समानुपातिक बन्दसूचीमा परेकी छन्। उनको नाम खसखार्य महिलातर्फ तीन नम्बरमा छ। 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १३:१६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी आइतबार, साउन १०, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्