काठमाडौँ- स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सीमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ। चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ।
यस बारेमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले चाडपर्वकोे अवसरमा उपभोक्ताको लागि साबिकभन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउने बताए। उनले भने, ‘आशा छ, यस अफरसँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्नेछ।’
यो अफर अन्तर्गत उपभोक्ताले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको पोको एम फाइभमा रु. ५०० सम्म को कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन्। यो अफर असोज २४ गतेदेखि कात्तिक १४ गतेसम्म लागू हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।