काठमाडौं– कलाकार करिश्मा मानन्धरले नेकपा एमालेबाट समानुपातिक र प्रत्यक्षबाट टिकट नपाएकोमा चित्त दुखाई रहेको बताएकी छन्।
सोमबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले विद्रोह नगर्ने स्वभावले केही नगर्दा पनि भगवानले सबै दिएको टिप्पणी गरेकी छन्।
उनले भनेकी छन्, ‘नगर्दा पनि भगवानले सबै दिए। तर आज महसुस हुँदै छ, बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो।’
भनेर आफूले विद्रोह नगर्दा कोठाभित्र थन्किएर बस्नुपरेको आशय उनले प्रकट गरेकी छन्। उनी केहि महिना अगाडि मात्र एमालेमा प्रवेश गरेकी हुन्। एमालेमा जानुअघि बाबुराम भटटराईले नेतृत्व गरेको नयाँ शक्तिमा आवद्ध भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।