• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रचण्डले सुरक्षित देखेको गोरखा- २ मा कस्तो छ दलीय स्थिति?

64x64
राजनीतिक ब्यूरो शनिबार, असोज २२, २०७९  १३:२९
1140x725

काठमाडौं- चितवन- ३ लाई आफ्नो निर्वाचन क्षेत्रको रुपमा प्रस्तुत गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन्। शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकबाट उनले आफ्नो नयाँ क्षेत्र तय गरेका हुन्।

निर्वाचन क्षेत्र फेरिरहने प्रचण्डको आदत छ। २०६४ को निर्वाचनमा प्रचण्ड काठमाडौं- १० र रोल्पा- २ बाट निर्वाचित भएका थिए। २०७० मा भने उनी काठमाडौं- १० र सिरहा- ५ बाट उम्मेदवार बनेका थिए। तर, काठमाडौं- १० मा भने पराजित भएका थिए। २०७४ को निर्वाचनमा उनी चितवन-३ मा वामगठबन्धनको साझा उम्मेदवार बनेका थिए।

यसपटक उनी चितवनबाटै उम्मेदवार बन्ने तयारीमा थिए। त्यसैले उनको गोरखा यात्रालाई चितवनका माओवादी कार्यकर्ताले दुःखद् भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका छन्।

प्रचण्डले गोरखाबाट उम्मेदवार बन्ने निर्णय लिनुअघिका दुई पक्ष विचारणीय छन्, चितवन छाड्नुको कारण र गोरखा जानुको कारण।

चितवनमा उनी निर्वाचन जितिन्छ भनेर ढुक्क हुन सकेनन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवन- ३ अन्तर्गतका क्षेत्रमा माओवादीले उल्लेखनीय मत पाउन सकेको थिएन।

चितवन-३ अन्तर्गत भरतपुर महानगरपालिकाका वडाहरू ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ तथा माडी नगरपालिकाका ९ वटै वडाहरू पर्छन्। यसरी सो क्षेत्रमा २८ वटा वडाहरू रहेका छन्।

स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २८ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले ४ वटा, माओवादी केन्द्रले ७ वटा, एकीकृत समाजवादीले ४ वटा, राप्रपाले २ वटा र स्वतन्त्रले एउटा वडाको अध्यक्ष जितेका थिए।

वडाअध्यक्षहरुले पाएको एकीकृत मतमा एमाले अगाडि छ। त्यहाँ एमालेले २९ हजार ७७१, नेपाली कांग्रेसले २९ हजार ३४३, माओवादी केन्द्रले १० हजार ९४०, राप्रपाले ६ हजार १९८, एकीकृत समाजवादीले ५, ०३७ र स्वतन्त्र तथा अन्य पार्टीले ३ हजार ५५९ मत पाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सत्ता गठबन्धनका दलहरुले कैयौँ वडाहरुमै पनि तालमेल गरेका थिए। त्यसैले थप केही मत तलमाथि हुनसक्छ। तर, माओवादी केन्द्र कमजोर रहेको बुझ्न भने कठिन छैन। चितवन-३ बाटै उम्मेदवार बन्दा प्रचण्डले अन्य दलको मतदाताको भर पर्नुपर्ने हुन्थ्यो।

फेरि, यस क्षेत्रमा गठबन्धनलाई लिएर असन्तुष्टि पनि सार्वजनिक हुने गरेकै छ। वैशाखको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट बागी उम्मेदवारी पनि परेको थियो। माओवादीकै कतिपय नेताहरु एमाले प्रवेश गरेको स्थिति पनि छ। अर्कोतिर, २०७४ को निर्वाचनताका प्रचण्डले गरेका कतिपय वाचा पनि पूरा नभएको भनेर उनको आलोचना हुने गरेको थियो।

अब लागौँ गोरखा- २ तिर। गोरखा- २ अन्तर्गत पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका पर्छन्। त्यस्तै, गोरखा नगरपालिकाका वडाहरु ८, ९, १०, ११, १२, १३ र १४ पर्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्थानीय तहको निर्वाचनमा गोरखामा माओवादी केन्द्रले उत्कृष्ट नतिजा निकालेको थियो। एमाले कमजोर देखिएको गोरखामा उसले कांग्रेससँग मुख्य प्रतिस्पर्धा गरेको थियो।

गोरखा- २ अन्तर्गत पर्ने वडाहरुमा उम्मेदवार बनेका अध्यक्षको मत गणना गर्दा माओवादी केन्द्रले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८, एमालेले ८ हजार ४८४, जसपाले ७ हजार ५०४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले २ हजार ५२० मत पाएका थिए।

त्यस क्षेत्रमा जसपाले पाएको मत मूलतः डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग निकट मत रहेको बुझ्न सकिन्छ। भट्टराईले माओवादीसँगै तालमेल गरेका छन्। आफू उम्मेदवार नबन्ने निर्णय गरेका भट्टराईले गोरखा- २ मा प्रचण्डलाई स्वागत पनि गरिसकेका छन्। अर्कोतिर, गठबन्धनकै अर्को दल कांग्रेसको पनि मत थपिँदा प्रचण्ड बलिया उम्मेदवार बन्नेछन्।

गोरखा- २ प्रचण्डका लागि नयाँ क्षेत्र भएकाले चितवनमा जस्तो विगतको दायित्व उनीसँग हुनेछैन। त्यसको लाभ पनि उनले पाउन सक्छन्। प्रचण्डको व्यक्तिगत प्रभाव, निर्वाचनपछि पनि सो क्षेत्रमा आउने बजेट, चर्चामा आइरहने अन्य विषयलाई मतदाताले परीक्षण गर्नेछन्। त्यसैले पनि गोरखामा उनलाई थप सहज हुनसक्छ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १३:२९
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्