• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रचण्डले सुरक्षित देखेको गोरखा- २ मा कस्तो छ दलीय स्थिति?

64x64
राजनीतिक ब्यूरो शनिबार, असोज २२, २०७९  १३:२९
1140x725

काठमाडौं- चितवन- ३ लाई आफ्नो निर्वाचन क्षेत्रको रुपमा प्रस्तुत गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन्। शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकबाट उनले आफ्नो नयाँ क्षेत्र तय गरेका हुन्।

निर्वाचन क्षेत्र फेरिरहने प्रचण्डको आदत छ। २०६४ को निर्वाचनमा प्रचण्ड काठमाडौं- १० र रोल्पा- २ बाट निर्वाचित भएका थिए। २०७० मा भने उनी काठमाडौं- १० र सिरहा- ५ बाट उम्मेदवार बनेका थिए। तर, काठमाडौं- १० मा भने पराजित भएका थिए। २०७४ को निर्वाचनमा उनी चितवन-३ मा वामगठबन्धनको साझा उम्मेदवार बनेका थिए।

यसपटक उनी चितवनबाटै उम्मेदवार बन्ने तयारीमा थिए। त्यसैले उनको गोरखा यात्रालाई चितवनका माओवादी कार्यकर्ताले दुःखद् भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका छन्।

प्रचण्डले गोरखाबाट उम्मेदवार बन्ने निर्णय लिनुअघिका दुई पक्ष विचारणीय छन्, चितवन छाड्नुको कारण र गोरखा जानुको कारण।

चितवनमा उनी निर्वाचन जितिन्छ भनेर ढुक्क हुन सकेनन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवन- ३ अन्तर्गतका क्षेत्रमा माओवादीले उल्लेखनीय मत पाउन सकेको थिएन।

चितवन-३ अन्तर्गत भरतपुर महानगरपालिकाका वडाहरू ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ तथा माडी नगरपालिकाका ९ वटै वडाहरू पर्छन्। यसरी सो क्षेत्रमा २८ वटा वडाहरू रहेका छन्।

स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २८ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले ४ वटा, माओवादी केन्द्रले ७ वटा, एकीकृत समाजवादीले ४ वटा, राप्रपाले २ वटा र स्वतन्त्रले एउटा वडाको अध्यक्ष जितेका थिए।

वडाअध्यक्षहरुले पाएको एकीकृत मतमा एमाले अगाडि छ। त्यहाँ एमालेले २९ हजार ७७१, नेपाली कांग्रेसले २९ हजार ३४३, माओवादी केन्द्रले १० हजार ९४०, राप्रपाले ६ हजार १९८, एकीकृत समाजवादीले ५, ०३७ र स्वतन्त्र तथा अन्य पार्टीले ३ हजार ५५९ मत पाएका छन्।

Ncell 2
Ncell 2

सत्ता गठबन्धनका दलहरुले कैयौँ वडाहरुमै पनि तालमेल गरेका थिए। त्यसैले थप केही मत तलमाथि हुनसक्छ। तर, माओवादी केन्द्र कमजोर रहेको बुझ्न भने कठिन छैन। चितवन-३ बाटै उम्मेदवार बन्दा प्रचण्डले अन्य दलको मतदाताको भर पर्नुपर्ने हुन्थ्यो।

फेरि, यस क्षेत्रमा गठबन्धनलाई लिएर असन्तुष्टि पनि सार्वजनिक हुने गरेकै छ। वैशाखको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट बागी उम्मेदवारी पनि परेको थियो। माओवादीकै कतिपय नेताहरु एमाले प्रवेश गरेको स्थिति पनि छ। अर्कोतिर, २०७४ को निर्वाचनताका प्रचण्डले गरेका कतिपय वाचा पनि पूरा नभएको भनेर उनको आलोचना हुने गरेको थियो।

अब लागौँ गोरखा- २ तिर। गोरखा- २ अन्तर्गत पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका पर्छन्। त्यस्तै, गोरखा नगरपालिकाका वडाहरु ८, ९, १०, ११, १२, १३ र १४ पर्छन्।

स्थानीय तहको निर्वाचनमा गोरखामा माओवादी केन्द्रले उत्कृष्ट नतिजा निकालेको थियो। एमाले कमजोर देखिएको गोरखामा उसले कांग्रेससँग मुख्य प्रतिस्पर्धा गरेको थियो।

गोरखा- २ अन्तर्गत पर्ने वडाहरुमा उम्मेदवार बनेका अध्यक्षको मत गणना गर्दा माओवादी केन्द्रले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८, एमालेले ८ हजार ४८४, जसपाले ७ हजार ५०४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले २ हजार ५२० मत पाएका थिए।

त्यस क्षेत्रमा जसपाले पाएको मत मूलतः डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग निकट मत रहेको बुझ्न सकिन्छ। भट्टराईले माओवादीसँगै तालमेल गरेका छन्। आफू उम्मेदवार नबन्ने निर्णय गरेका भट्टराईले गोरखा- २ मा प्रचण्डलाई स्वागत पनि गरिसकेका छन्। अर्कोतिर, गठबन्धनकै अर्को दल कांग्रेसको पनि मत थपिँदा प्रचण्ड बलिया उम्मेदवार बन्नेछन्।

गोरखा- २ प्रचण्डका लागि नयाँ क्षेत्र भएकाले चितवनमा जस्तो विगतको दायित्व उनीसँग हुनेछैन। त्यसको लाभ पनि उनले पाउन सक्छन्। प्रचण्डको व्यक्तिगत प्रभाव, निर्वाचनपछि पनि सो क्षेत्रमा आउने बजेट, चर्चामा आइरहने अन्य विषयलाई मतदाताले परीक्षण गर्नेछन्। त्यसैले पनि गोरखामा उनलाई थप सहज हुनसक्छ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १३:२९
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मे... बिहीबार, माघ ८, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो। बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्