काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाई भेट गरेकी छन्।
राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन्। भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए।
सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरे। बिदाई भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसद्बाट भएको सहयोगका लागि आभार व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।