काठमाडौं– चितवन ३ छाडेर गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध माधवी भट्ट पराजुलीले उम्मेदवारी दिने घोषणा गरेकी छिन्।
नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारी गरिरहेकी भट्टले गठबन्धनबाट प्रचण्ड उम्मेदवार बनेपछि कांग्रेसको मतमाथि रजाइँ गर्न नदिने भन्दै प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जाल फेसबूकमा उम्मेदवारीबारे जानकारी दिँदै भनेकी छिन्, ‘प्रचण्डविरुद्ध मेरो उम्मेदवारी!! गोर्खाले मलाइ न्याय गर्नेछ।’
साथै उनले जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषयलाई आफ्नो चुनावी मुद्दा बनाउने बताइएकी छन्।
उनले गोरखा २ आफ्नो जन्मस्थान मात्र नभइ नेपाली कांग्रेस पार्टी निर्माणमा आफ्नो पिता रोहिणी भट्टको त्याग, तपस्या र बलिदानी रहेको बताएकी छन्।
उनी बेपत्ता पारिएका व्यक्ति छानबिन तथा सत्य निरुपण र मेलमिलाप आयोगको सदस्य पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।