फाइल तस्बिर
काठमाडौं- सत्ता गठबन्धनका दलहरुको शुक्रबार रातिसम्म बसेको बसेको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको छ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तालमेल गर्ने प्रयत्न गरिरहेका उनीहरुले १५२ स्थानमा सहमति गरेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा भित्र्याउने प्रयत्न चलिरहेको छ। उसलाई ८ सिट दिने तयारी छ। रिक्त राखिएको १३ स्थान ती दुवै दलले बाँडफाँट गर्नेछन्। यसअघि सत्ता गठबन्धनमै रहेको जसपा भने बाहिरिइसकेको छ।
शुक्रबार सार्वजनिक सूची अनुसार, कांग्रेसको प्रतिनिधि सभातर्फ ८४ सिट र निर्वाचन क्षेत्र निश्चित गरिएको छ। माओवादी केन्द्रको ४७, एकीकृत समाजवादीको १९ र राजमोको २ सिट र निर्वाचन क्षेत्र निश्चित गरिएको छ।

सहमति अनुसार, प्रदेश सभातर्फ सात प्रदेशमा गरी कांग्रेसको १५६ सिट र निर्वाचन क्षेत्र निश्चित गरिएको छ। त्यस्तै, माओवादी केन्द्रको ९९ र एकीकृत समाजवादीको ३६ सिट र निर्वाचन क्षेत्र निश्चित गरिएको छ।
प्रदेश सभातर्फ २७ सिटको बाँडफाँट बाँकी छ। १२ सिटमा भने दोहोरो दाबी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।