काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ मतपत्र छपाइ सम्पन्न गरेको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार समानुपातिकका लागि आयोगले ४ करोड ५५ हजार मतपत्र छपाइ गरेको छ।
प्रतिनिधि सभातर्फ १ करोड ९८ लाख ७१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छपाइ गरेको आयोगले जनाएको छ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले असोज १६ गते समानुपातिकको बन्दसूचीको अन्तिम नामावली राजनीतिक दलसँग बुझेको थियो।
दलहरुले बुझाएको सूची आयोगले प्रमाणीकरण गरिरहेको छ। असोज २३ गते प्रत्यक्षतर्फ मनोनयन दर्ता सुरु हुँदैछ। दलहरु सिट बाँडफाँडमा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।