फाइल तस्बिर।
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिने भएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को बालुवाटार प्रवेश भएको छ।
शुक्रबार बिहानदेखि चार दलबीच भइरहेको छलफलमा लोसपालाई बोलाइएको हो। लोसपकका एक नेताका अनुसार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोसपालाई बोलाएका हुन्। अहिले बालुवाटारमा छलफल चलिरहेको ती नेता बताउँछन्।
लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनल बालुवाटार पुगेका छन्।
लोसपाका एक नेताले भने, ‘जसपाकका नेताहरु गठबन्धनको बैठकमा नआएपछि हामीलाई बोलाइएको छ। नेताहरु छलफलका लागि जानु भएको छ।’
लोसपाले यसअघि पनि सत्ता गठबन्धनसँग सहकार्य गर्ने प्रयास गरेको थियो। तर, जसपाका कारण असफल भएको थियो। जसपाले एमालेसँग संवाद थालेपछि सत्ता गठबन्धनले लोसपासँग छलफल गर्ने निर्णय लिएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।