काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेले १९ बुँदा स्वघोषणा गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
मनोनयन दर्ताको दुई दिनअघि सूची सार्वजनिक गर्दै आयोगले उक्त जानकारी दिएको हो। उम्मेदवारहरुले नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, पच्चीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको र मतदाता नामावलीमा नाम समावेश भएको आफैंले घोषणा गर्नुपर्ने हुन्छ।
भनिएको छ, ‘कुनै सङ्घीय कानूनले अयोग्य नभएको नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको अयोग्यता नभएको स्वघोषणा गर्नुपर्नेछ।’
यस्तो छ स्वघोषणा सूची

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।