काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले सत्ता गठबन्धनसँग शुक्रबार अन्तिम छलफल गर्ने भएको छ। गठबन्धनबाट अलग्गिने तयारी गरिरहेको जसपाले त्यसअघि शुक्रबार आन्तरिक परामर्श सुरु गरेको छ।
जसपाका एक नेताका अनुसार शुक्रबार बिहानैदेखि शीर्ष नेताहरु आन्तरिक छलफलमा छन्। बिहीबार राति एमालेसँग भएको छलफल र बालुवाटारमा हुनसक्ने सम्भावित सम्झौताको खाका बनाइने उनले जानकारी दिए।
उनले भने, ‘आज बालुवाटारको बैठकमा पनि जाने कुरा छ। जानुअघि आफ्नो बटमलाइन स्पष्ट पारिनेछ। त्यसपछि मात्रै एमालेसँग थप छलफल हुनेछ।’
सत्ता गठबन्धनमा जम्मा १६ सिट मात्रै पाउने भएपछि जसपाले एमालेसँग समानान्तर संवाद थालेको छ। एमालेले १६ मधेश प्रदेश र ९ वटा अन्य गरी २५ सिट दिनसक्ने प्रस्ताव गरेको छ।
सत्ता गठबन्धनको सिट बाँडफाँट बिहीबार नै टुंग्याउनेगरी राति अबेरसम्म बैठक बसेको थियो। तर जसपा अध्यक्ष उपेन्द्र यादव बैठकपछि बाहिरिएपछि निष्कर्षबिहीन भएको थियो।
शुक्रबार बिहानैदेखि बैठक बस्ने खबर गरिए पनि जसपा अहिलेसम्म अनुपस्थित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।