काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन समितिको बैठक बस्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १२ बजे बैठक बस्ने बताइएको छ। बिहीबार बोलाइएको समितिको बैठक बस्न सकेको थिएन।
कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड) ले नाम टुंगो लगाउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।