काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचनको सिट बाँडफाँटबारे छलफल भएको छ।
बालुवाटारमा जारी सत्ता-गठबन्धनको बैठक छाडेर बालकोट पुगेका यादव र ओलीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ समीकरण बनाउने विषयमा छलफल भएको हो।
मधेश प्रदेशमा जसपा र एमालेले आधा-आधा सिट भागबन्डा गर्ने विषयमा छलफल भएको छ। छलफलमा ओलीले मधेशका ३२ सिटमध्ये १६ र अन्य प्रदेशमा ९ गरी २५ सिट जसपालाई दिने प्रस्ताव गरेको स्रोतले बताएको छ।
गठबन्धनले जसपालाई १६ सिट मात्र दिने भएपछि अध्यक्ष यादवले एमालेसँग चुनावी तालमेलको गृहकार्य थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।