झापा– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको टीका ग्रहण गरेका छन्।
झापाको दमकस्थित आफ्नै निवासमा रहेका ओलीले विजया दशमीको दिन आज (बुधबार)बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दशैंको टीका ग्रहण गरेका हुन्।
त्यस अवसरमा उनले पत्नी राधिका शाक्य ओलीलाई पनि बडा दशैंको टीका लगाईदिएका थिए। सोहीक्रममा ओलीले आफन्त र सर्वसाधारणलाई पनि टीका लगाईदिएका थिए।
पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुलाई टीका, जमरालगाई आर्थिवाद दिएका छन्। निर्वाचनको मुखमा केही दिनदेखि दमक रहनु भएका ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।