काठमाडौं- प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूचीमा केही हेरफेर गरेको छ।
नेता डा शेखर कोइराला पक्षको दबाबपछि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले अन्तिम बन्दसूची हेरफेर गरेका हुन्। जुन सूची निर्वाचन आयोगमा पेस भइसकेको छ।
यसअघि खसआर्य महिलातर्फ एक नम्बरमा रहेकी प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ।
गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ। महिलातर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं परेकी छन्।
पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखिएको छ। दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना छन्।
हेर्नुहोस् सूची :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।