• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रदेशमा फेरि प्रत्यक्ष चुनाव लड्ने चाहना, माओवादीमा विरोध! 

64x64
नेपाल लाइभ सोमबार, असोज १७, २०७९  १३:३०
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने ‘इच्छा’ जाहेर गरेका छन्। मुख्यमन्त्री भट्टले पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेरै आफूलाई प्रदेश सभा प्रत्यक्षतर्फको टिकट दिन आग्रह गरेकाे भट्टनिकट माओवादी नेताहरुको भनाइ छ। 

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक नेताका अनुसार उम्मेदवारी सिफारिसताका मुख्यमन्त्री भट्टले प्रदेश सभामा चुनाव नलड्ने बताएका थिए। प्रदेश सभामा चुनाव नलड्ने भनेपछि गृहजिल्ला डोटीबाट उनी प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको रुपमा सिफारिस भएका थिए। 

तर, अहिले फेरि प्रदेश सभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुने चाहना राखेपछि माओवादी केन्द्र डोटीमा विवाद उत्पन्न भएको छ। 

माओवादी केन्द्र डोटी जिल्ला समन्वय समितिले गत भदौ २२ गते प्रतिनिधि सभा उम्मेदवारका लागि भट्टको नाम एकल रुपमा सिफारिस गरेको थियो। यस्तै, समानुपातिक तर्फ (खसआर्य) मा उनको नाम पहिलो नम्बरमा नै सिफारिस गरिएको थियो। 

२०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा (ख) बाट विजयी भएका थिए। वाम गठबन्धनका साझा उम्मेदवार रहेका भट्टले नेपाली कांग्रेसका योगेन्द्र बहादुर शाहीलाई २ हजार ४९६ को मतान्तरले पराजित गरेका थिए। भट्टले १६ हजार ९१ मत प्राप्त गरेका थिए भने कांग्रेसका शाहीले १३ हजार ५९५ मत प्राप्त गरेका थिए। 

यसपटक पनि भट्ट डोटी प्रदेश सभा (ख) बाट उम्मेदवार हुन खोजेका हुन्। माओवादी केन्द्र डोटीले भने प्रदेश  सभा (ख) का लागि सिव सिंह ओली, मिनबहादुर घर्ती र प्रेम कुँवरको नाम सिफारिस गरेको छ। 

सत्ता गठबन्धनमा जुटेको ‘सहमति’अनुसार प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटी नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। एकीकृत समाजवादीबाट प्रेम आले प्रतिनिधि सभा उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ। प्रदेश सभाका २ सिट भने कांग्रेस र माओवादी केन्द्रले ‘बाँड्ने’ सहमति भएको छ। 

‘प्रदेश सभातर्फ पनि हामीले कुन क्षेत्र पाउने भन्ने अहिले नै यकीन भइसकेको छैन। तर, मुख्यमन्त्रीज्यूले ‘ख’ बाट म उम्मेदवार हुन्छु भनेर अहिले भन्दै आउनुभएको छ। पहिले प्रदेश सभामा उम्मेदवार हुन्नँ भन्ने अहिले फेरि उम्मेदवार हुन्छु भनेर उहाँले भन्दा सिफारिसमा परेका साथीहरुको पनि असन्तुष्टि छ। उहाँका कारण नयाँ विवाद सिर्जना भएको छ,’ माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक पदाधिकारीले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीले नै ‘असक्षम मुख्यमन्त्री’ भनेका भट्ट
सर्वोच्च अदालतको फैसलानुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भइ नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत: अवस्थामा फर्किँदा माओवादी केन्द्र र एमालेको नेतृत्व रहेका धेरै प्रदेश सरकार फेरिए। 

६ वटा प्रदेशमध्ये ५ प्रदेशका सरकार फेरिँदा तत्कालीन नेकपाको सरकारको ‘लिगेसी’ का रुपमा भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका रुपमा निरन्तरता पाए। कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन बन्दा पनि उनी सरकारबाट बाहिरिनु परेन। 

तर, मुख्यमन्त्री भट्टको कामप्रति भने उनको दल (माओवादी) देखि अरु सत्तापक्षीय र विपक्षी दल पनि सन्तुष्ट छैनन्। एम्बुलेन्सदेखि अन्य खरिद प्रकरणमा अनियमितता गरेको, जनपक्षीय काम नगरेको भन्दै माओवादी केन्द्रकै नेताहरुले उनको आलोचना गर्ने गरेका छन्। 

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले त भट्टको कार्यकालमा कुनै पनि जनपक्षीय काम नभएको भन्दै उनलाई ‘असक्षम’ मुख्यमन्त्री करार गरेर लिखित निर्णय नै गरेको थियो। 

‘उहाँको चाहना फेरि उम्मेदवार बन्ने छ। तर पूरा कार्यकाल ५ वर्ष सरकारको नेतृत्व गर्दा पनि कुनै जनपक्षीय र पार्टीले प्रचार गर्न लायक काम गर्न नसकेको व्यक्तिलाई पार्टीले फेरि उम्मेदवार बनाउला भन्ने लाग्दैन। उहाँले चाहँदैमा उम्मेदवार हुने भन्ने पनि होइन,’ माओवादी केन्द्र, जिल्ला समन्वय समिति डोटीका एक सदस्यले भने, ‘गठबन्धनमा भागबण्डा हुँदा प्रदेश सभामा एउटा सिट हामीले पाउने भन्ने छ। त्यो सिटमा जित हासिल गर्नेगरी जनपक्षीय उम्मेदवारलाई टिकट दिनुपर्छ भन्ने हाम्रो माग हो।’ 
 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्